ओलीको किल्ला तोड्ने मेयर, उपमेयरलाई माननीय लिम्बुको बधाई

दमक । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर तथा निर्वाचन क्षेत्रभित्र पर्ने दमक नगरपालिकाको मेयर, उपमेयरमा २०४७ साल यता पहिलो चोटी हालै सम्पन्न स्थानीय निर्वाचनमा एमालेलाई पराजीत गरि निर्वाचित भएका गठबन्धनतर्फका मेयर, उपमेयरलगायत वडाध्यक्ष, वडासदस्यहरुलाई नेपाली कांग्रेसकी केन्द्रिय सदस्य तथा सोही क्षेत्रबाट प्रतिनिधित्व गर्नुहुने संघीय सांसद महेन्द्रकुमारी लिम्बुले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ ।


नेपाली कांग्रेस, नेकपा(माओवादी केन्द्र), नेकपा(एकिकृत समाजवादी)सहितको सत्तारुढ गठबन्धनमा राष्ट्रिय प्रजातन्त्र पार्टीसमेतलाई समावेश गरि राप्रपाका तर्फबाट उम्मेदवार बनेका राम थापा एमाले उम्मेदवार गीता अधिकारीलाई हराएर मेयर चुनिए भने उपमेयरमा पनि गठबन्धनकै उम्मेदवार नेपाली कांग्रेसकी रेगिना भट्टराई प्रसाई निर्वाचित भईन् । उनले नेकपा एमालेका तर्फबाट उपमेयरका उम्मेदवार बनेका अम्बिकाप्रसाद खनाललाई हराएकी थिईन् ।
दमक नगरपालिकामा राप्रपासहितको गठबन्धन बनाएर चुनावमा होमिए देखि नै माननीय लिम्बु गठबन्धनका उम्मेदवारहरुलाई जिताउन मैदानमै खट्नुभएको थियो ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु



अर्जुन मादेन लिम्बु पहिलो प्रहरका Executive Editor हुन्