
पोखरा अपडेट : मेयरमा धनराजको अग्रता कायमै, उपमेयरमा एमालेले कांग्रेसलाई उछिन्यो
५ जेठ, पोखरा । कास्कीको पोखरा महानगरपालिकाको मेयरका उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यको अग्रता कायम रहेका बेला उपमेयर पदमा भने नेकपा एमालेकी मञ्जु गुरुङले कांग्रेस उम्मेदवार कोपिला रानाभाटलाई उछिनेकी छन् ।
पोखरा महानगरमा बिहीबार बिहानसम्म ५० हजार ११७ मत गणना भइसकेको छ । जसमध्ये एकीकृत समाजवादीका उम्मेदवार आचार्यले २० हजार ७४९ मत पाएका छन् । उनीभन्दा नेकपा एमालेका उम्मेदवार कृष्ण थापा २ हजार ३८३ मतले पछाडि छन् ।
उपमेयर पदमा भने नेकपा एमालेकी मञ्जुदेवी गुरुङले २० हजार ९७७ मत पाउँदै अग्रता लिएकी छन् । उनले नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटलाई १४ मतले पछि पारेकी छन् ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


