पाँच लाख ३० हजार घुससहित सिनियर इन्जिनियर अख्तियारको फन्दामा

काठमाडौं, १४ भदौ । भौतिक पूर्वाधार बिकास कार्यालय, बाँकेका सिनियर इन्जिनियर पाँच लाख ३० हजार घुससहित पक्राउ परेका छन् ।

आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले ५ लाख ३० हजार घुससहित सिनियर इन्जिनियर मनिषकुमार अर्याललाई नियन्त्रणमा लिएको हो ।

बुटवलस्थि अख्तियार कार्यालयका अनुसार गोप्य सूचनाका आधारमा ६६-१-०७६१ नम्बरको गाडीसहित इन्जिनियर अर्याललाई नियन्त्रणमा लिइएको हो ।

अख्तियारको टोलीले इन्जिनियर अर्याललाई बुटवलस्थित भौतिक पूर्वाधार विकास मन्त्रालयबाट रकम लिएर बाहिर निस्कने क्रममा नियन्त्रणमा लिएको जानकारी गराइएको छ ।

source:-news24nepal.tv

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु