ताप्लेजुङमा पहिरोको कहर -पहिरोमा पुरिएर बाबु-छोराको मृत्यु

झापा, असार ४ -ताप्लेजुङको सिदिङ्वा ६ मेहेलेमा पहिरोमा पुरिएर सोमबार विहान बाबु-छोराको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायव उपरिक्षक राजन लिम्बुका अनुसार मृत्यु हुनेमा सिदिङ्वा-६ मेहेले मुकुभञ्ज्याङका केशरकुमार राई र उनका छोरा सुरेश कुमार छन्।

बाटो बन्द भएकाले घाइतेले उपचार पाएनन्

पहिरोमा पुरिएर गम्भीर घाइते भएका राईलाई उपचारका लागि जिल्ला अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले बताएको छ।

पहिरोमा परेर थप एकजना गम्भीर घाइते भएका छन्।

सोही पहिरोमा परेका राजकुमार राई भने शक्त घाइते भएका छन्। उपचारका लागि लैजाने सबै बाटाहरु बन्द भएकाले विकल्प खोज्ने क्रम भईरहेको प्रहरीले जनाएको छ।

ताप्लेजुङ
तस्बिरः हाम्रो ताप्लेजुङ
Sagoon Host
फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु