प्रतिनिधिसभा विघटनविरुद्ध परेकाे रिटमा प्रधानमन्त्रिकाे तर्फबाट १३ वकिले बहस गर्दै

काठमाडौँ,असार १८ –

प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा शुक्रवार पनि प्रधानमन्त्री केपी शर्मा ओली तर्फका कानुन व्यवसायीको बहसले निरन्तरता पाउने छ । प्रधानमन्त्री तर्फको कानुन ब्यवसायीलाई छुट्याएको मध्ये बाँकी रहेको १ घण्टा ३० मिनेटमा १३ जना वकिलले बहस गर्दैछन् ।

शुक्रवार बरिष्ठ अधिवक्ता रमेश गुरागाईं, विष्णुमणी अधिकारी र अधिवक्ता ईश्वरी प्रसाद भट्टराईले १०–१० मिनेट बहस गर्ने बताइएको छ ।

प्रधानमन्त्रीका कानुन विज्ञ बाबुराम दाहालले ७ मिनेट बहस गर्नेछन् । अधिवक्ता भोजराज आचार्य, सिपी रेग्मी, बलबहादुर राई, रुद्रप्रसाद पोखरेल, शान्ति देवी खनाल, विष्णुमाया भुषाल, धर्मराज रेग्मी, अनन्त लुईँटेल र लोकनाथ खरेलले प्रधानमन्त्रीको तर्फबाट बहस गर्दैछन् । उनीहरु सवैलाई ७ मिनेटको दरले समय छुट्याइएको छ ।

प्रधानमन्त्री तर्फका कानुन व्यवसायीको बहस सकिएपछि सभामुख अग्नि प्रसाद सापकोटाका कानुन व्यवसायीको बहस शुरु हुनेछ । सभामुखको तर्फबाट बहसका लागी सरकार पक्षलाई दिएको समयबाट १ घण्टा र अरु आधा घण्टा संवैधानिक इजलासले थप गर्नेगरी समय छुट्याइएको छ ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु