एमसीसीबारे निर्णय लिन जसपाको बैठक बस्दै

१३ फागुन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दैछ ।

अमेरिकन सहयोग सम्बन्धी सम्झौता एमसिसीका विषयमा पार्टीको धारणा तय गर्न कार्यकारिणी समितिको बैठक बस्न लागेको हो ।

नेताहरूका अनुसार मध्यान्न १२ बजे बैठक बने तय भएको छ ।

एमसीसीलाई लिएर जसपा दुई धारमा छ । उपेन्द्र यादव पक्ष एमसीसीको विपक्षमा र डा.बाबुराम भट्टराई एमसीसीको पक्षमा छन् । यही कारण पार्टी फुटको समेत आशंका भइरहेका बेला कार्यकारिणी समितिको बैठक बस्न लागेको हो ।

जसपाका प्रमुख सचेतक प्रमोद साहका अनुसार पार्टीले एमसीसीका विषयमा एउटै निर्णय लिने बताए । ‘जे निर्णय लिए पनि एउटै निर्णय लिन्छौं’ उनले भने ।

दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक छ । त्योभन्दा अगावै पार्टीको धारणा तय गर्ने नेताहरुले बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु