बारामा प्रहरीसँगको भिडन्तमा गाँजा तस्करको मृत्यु

१२ फागुन, कलैया । प्रहरीको गोली लागेर बारामा एक गाँजा तस्करको मृत्यु भएको छ ।

बुधबार राति सात/आठ जनाको समूहमा पाँच पाकेटमा ७५ किलो गाजा नेपालबाट भारततर्फ लगिरहेको सूचना पाएपछि प्रहरीको टोली त्यसतर्फ गस्तीमा जाँदै गर्दा सिम्रौनगढ नगरपालिका-२ महुयाहीमा तस्करले एक राउन्ड गोली चलाएपछि जवाफी कारबाही गरेको प्रहरीले जनाएको छ ।

आत्मरक्षाका लागि गोली चलाउँदा  नाम नखुलेका एक जना भारतीय नागरिकको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले हानेको गोली ती व्यक्तिको कम्मरमा लागेको थियो । उनलाई उपचारका लागि कलैया अस्पताल ल्याएकोमा राति १ बजेर ३० मिनेटमा मृत्यु भएको प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिए ।

प्रहरीको जवाफी फायरपछि तस्करले गाँजा छाडेर भाग्दै गर्दा एक जना भारतीयलाई प्रहरीको टोलीले पक्राउसमेत गरेको छ । पक्राउ पर्नेमा भारत विहार मोतिहारी जिल्ला ग्राम पञ्चायत पिप्रा निवासी ४० वर्षीय हृदेश गिरी रहेको थापाले जानकारी दए ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु