
नेवा पत्रकार राष्ट्रिय दबु द्धारा चितवनमा रक्तदान कार्यक्रम
भरतपुरः नेवा पत्रकार राष्ट्रिय दबु चितवनले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठको १०६ औ जन्म जयन्तीको अवसरमा मंगलबार नारायणगढ लाइन्सचोकमा सम्पन्न कार्यक्रममा २५ जनाले रक्तदान गरेका थिए । नेवा पत्रकार राष्ट्रिय दबु चितवनका कार्यसमिती सदस्य एवम् सो कार्यक्रमका संयोजक अनुज श्रेष्ठका अनुसार २० जना पुरुष र पाँच जना महिलाले रक्तदान गरेका हुन् ।
नेवा पत्रकार राष्ट्रिय दबु चितवनका अध्यक्ष कमलमान श्रेष्ठले जिल्लामा रगतको अभाव भइरहेको जानकारीप्रश्चात संस्थापक अध्यक्ष श्रेष्ठको जन्मजयन्तीको अवसर पारेर रक्तदान कार्यक्रम गरिएको जानकारी दिए । ‘रक्तदानलाई जीवनदान भनिन्छ हामीले पनि रगत अभाव भइरहेको अवस्थामा थोरै भएपनि सहयोग पुग्छ भन्ने हेतुले रक्तदान कार्यक्रम गरेका हौ ’उनले भने ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण अधिकारी , भरतपुर महानगरपालिका वडा २ का अध्यक्ष पूर्ण बहादुर श्रेष्ठ, नेपाल पत्रकार महासंघ चितवनका संस्थापक अध्यक्ष महेन्द्र श्रेष्ठ लगायतको उपस्थिीती रहेको थियो ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]