चर्चित लोकगायक खत्रिको रहस्यमय निधन, प्रहरीले थाल्यो अनुसन्धान समाचार

काठमाडौ । लोकगायक बुद्धबहादुर खत्रीको निधन रहस्यम भन्दै परिवारका सदस्यले भनेपछि प्रहरीले घटनाको अनुसन्धान थालेको छ । उनको हालै निधन भएको छ।

दोलखा जिल्ला प्रहरीका प्रवक्ता तथा प्रहरी निरीक्षण अञ्जन कोइरालाका अनुसार गत २३ गते दिउँसो ३ बजे उनलाई भिरबाट ल डे को अवस्थामा फेला पारिएको थियो। किन र कसरी उनी त्यहाँ पुगे भन्नेबारे समेत खुलेको छैन । उनले परिवारका सदस्यलाई आफु भोली वा पर्सी काठमाडौ आइपुग्ने बताएका थिए । अहिले म खुर्कोटमा छु उनले भाईलाई फोन गरेर भनेका थिए ।

स्थानीय गोठालाले बाख्रा चराउने क्रममा मृ त अवस्थामा फेला पारे पछि प्रहरीलाई खबर गरेका थिए। शव हेर्दा एक दिनअघि नै निधन भएको जस्तो देखिएको प्रहरीले जनाएको छ । उनको साथमा रहेको मोबाइलबाट फोन गरेर श व आफन्तलाई जिम्मा लगाएको प्रहरीको भनाई छ ।

उनका छोरा सञ्जीव खत्रीका अनुसार उनले अघिल्लो साँझसम्म फोन गरेर, आफू खुर्कोटमा बास बसेको र भोलि या पर्सि काठमाडौं आइपुग्ने बताएका थिए। तर, भोलिपल्ट मृत्यु भएको सुन्दा अपत्यारिलो लागेको सञ्जीवले बताए। उनले बुवाको ल डे र मृत्यु नभई अरु केही कारण हो आशंका व्यक्त गरे।

त्रीका भाइ अर्जुन दाहालले के–कसरी घटना भयो जानकारी नभएको र आफुहरुलाई शंका लागेको बताए । घटनास्थल पुगेका उनले ल डे र निधन हुने अवस्थासमेत नदेखिएको बताएका छन् । गायक खत्रीका श्रीमती, तीन छोरा, एक छोरी रहेका छन्।

गायक खत्रीले २ सयभन्दा बढी गीतमा स्वर दिएका छन्। उनले धेरैजसो आफ्नो जन्मथलो सिन्धुलीको सेरोफेरोका गीत गाउने गरेका थिए। गायक खत्रीद्वारा स्वरबद्ध गरिएको गीत पूर्वे मोरङ, कटारीमा गेट, सुन्दर सिन्धुली, के छ मनको सुर चर्चामा छन्। केही गीत उनको रेकर्डका क्रममा रहेका छन्।

Sagoon Host
फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु