
अनाथ बालबालिका सहयोगार्थ चिठ्ठाको नतिजा सार्वजनिक
चितवन, कात्तिक १५–
लायन्स क्लब अफ नारायणगढ गोल्डेन लेडीजले अनाथ बालबालिका सहयोगार्थ चिठ्ठाको नतिजा सार्वजनिक गरेको छ ।
गोला प्रथाद्वारा प्रथम पुरस्कार टेलिभिजन रुद्र रवि खड्कालाई, दोस्रो पुरस्कार फ्रिज सानू श्रेष्ठलाई, तेस्रो पुरस्कार ओभन सन्देश लगुनलाई वितरण गरेको छ । यस्तै ७ जनालाई सान्त्वना पुरस्कारका रुपमा इलेक्ट्रिक जग प्रदान गरेको छ । सान्त्वना पुरस्कार पाउनेहरुमा योगेश श्रेष्ठ, सुनिल श्रेष्ठ, मन्जिल, अर्जुनप्रसाद शर्मा, शंकर पन्त, निकिता सुनार र विपिन ताम्राकार छन् ।
गोल्डेन लेडीजकी कोषाध्यक्ष सुमी नेपालले बचत भएको रकम छिट्टै अनाथ आश्रममा रहेका बालबालिकालाई सहयोग गरिने बताइन् । सहयोगार्थ प्रति टिकट एक सय रुपैयाँ राखिएको थियो । दसैं अगाडिदेखि टिकट बेचिएको थियो ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


