माननीय लिम्बू र प्रवक्ता शर्मासहितको टोली बाढीग्रस्त क्षेत्रमा

झापा । संघीय सांसद माननीय महेन्द्र कुमारी लिम्बू र नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मासहितको एक टोलीले हालैको भीषण बर्षाका कारण कन्काई नदीमा आएको बाढीले क्षति पुर्याएको गौंरिगन्ज गाउँपालिकास्थित कुन्जिवारी र होक्लाबाडी क्षेत्रको स्थलगत अनुगमन गरेको छ ।


उक्त अनुगमनका क्रममा उहाँहरुले बाढी प्रभावित स्थानीय बासिन्दाहरुको समस्याबारे जानकारी लिदै सहयोगका लागि सक्दो पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको थियो । माननीय लिम्बू र प्रवक्ता शर्मासहितको अनुगमन टोलीमा गाउँपालिका अध्यक्ष दिपेन्द्र थापा र वडा अध्यक्ष कार्तिकलाल राजबंशीसमेत सहभागी थिए ।

केही समय अघिमात्र सांसद लिम्बूले लगतारको बर्षाका कारण किसानहरुले कडा मेहनत र परिश्रम गरेर लगाएको धान बाली र धनजनको ठूलो क्षति भएकोमा दुःख व्यक्त गर्दै क्षतिको मुल्यांकन गरि तत्काल उचित राहत उपलव्ध गराउन सरकारसँग माग गर्नुभएको थियो । उहाँले भन्नुभएको थियोः– यो भन्दा ठुलो बिपति किसानहरुको लागि अर्को हुन सक्दैन । यतिबेला सरकारले राजनैतिक पुर्बाग्रहबाट माथि उठेर किसानहरुको पक्षमा काम गर्नु पर्दछ ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु



अर्जुन मादेन लिम्बु पहिलो प्रहरका Executive Editor हुन्