गौरी शंकर माध्यमिक विद्यालयको ५० औं वार्षिकोत्सब सम्पन्न

पुनर्वास – पुनर्वास नगरपालिका–५, भानुबस्ती स्थित श्री गौरी शंकर माध्यमिक विद्यालयको ५० औं वार्षिकोत्सब सम्पन्न भएको छ । शनिबार एक औपचारिक कार्यक्रमको आयोजना गर्दै विद्यालयको ५० औं वार्षिकोत्सब सम्पन्न भएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर बोहराको सभाध्यक्ष तथा पुनर्वास नगरपालिकाका नगर प्रमुख जिवनराज थापाको प्रमुख आतिथ्य रहेको थियो ।
त्यस्तै कार्यक्रमको विशिष्ट आतिथ्य नगर उपप्रमुख शारदा बिष्टको रहनुभएको थियो भने अतिथिमा पुनर्वास–५ का वडाध्यक्ष बिरबहादुर बोगटी लगायतका व्यक्तित्वहरु रहनुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथिको तर्फबाट बोल्नु हुँदै नगर प्रमुख जिवनराज थापाले शैक्षिक क्षेत्रको सुधारमा नगरपालिकाले पंच वर्षिय कार्ययोजना तयार गर्न लागेको बताउनुभयो । उँहाले कक्षा १ देखि ३ सम्म स्थानिय पाठ्यक्रम पनि सुचारु अवस्थामा रहेको बताउनुभयो ।
त्यस्तै बिशिष्ट अतिथिको तर्फबाट बोल्नुहुँदै उपप्रमुख शारदा बिष्टले विद्यालयको प्रगतिको शुभकामना व्यक्त गर्नु हुँदै शिक्षक मात्रैले विद्यालय सुधार हुन नसक्ने त्यसका लागि विद्यार्थीको पनि ठूलो भूमिका रहने बताउनुभयो ।
विद्यालयका शिक्षक एकनारायण पोख्रेलको स्वागत मन्तव्यसँगै सुरु भएको कार्यक्रममा उपस्थित विभिन्न अतिथि वक्ताहरुले विद्यालय स्थापनाका चुनौति र संघर्षको विषयमा चर्चासँगै सफलताको शुभकामना समेत दिनुभएको थियो ।
कार्यक्रममा नगर उपप्रमुख बिष्ट र अमेरिकामा बस्दै आउनुभएका शिव बिष्टले बुवा विश्वनाथ बिष्ट र आमाद्वय विष्णु बिष्ट, ईन्दु कडरीयाको सम्मानार्थ जेहनदार तथा गरिब विद्यार्थीका लागि १ लाख २५ हजार पाँच सय पच्चिस रुपैँयाको अक्षयकोष स्थापना गर्नुभएको थियो । कार्यक्रममा विद्यालयमा कार्यरत, सेवा निवृत्त र सरुवा हुनुभएका ६ जना शिक्षकहरुलाई दोसल्ला र कदरपत्र सहित विद्यालयले सम्मान गरेको थियो ।
विद्यालयको संगठनिक प्रतिवेदनसँगै प्रधानाध्यापक लोकबहादुर थापाले आर्थिक वर्ष २०७७/०७८ को २ करोड १० लाख आय व्यय प्रस्तुत गर्नुभएको कार्यक्रमलाई सञ्चालन शिक्षक दीर्घराज घिमिरेले गर्नुभएको थियो ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु