
भोलिबाट हल खोल्न तयार छौंः अशोक शर्मा
बिहिबारबाट काठमाडौं उपत्याका हलहरु खोल्ने दिने जिल्ला प्रशासन कार्यलयको निर्णयसँगै हल व्यवसायीहरु उत्साहित बनेका छन् । निषेधाज्ञाका कारण करिब ४ महिनासम्म बन्द रहेका हलहरु भोलीबाट सुरक्षा मापदण्ड अपनाएर खोल्ने दिने निर्णय प्रशासनले गरेको हो । योसँगै, भोलीबाट विस्तारै हल खुल्न थाल्ने चलचित्र संघले जनाएको छ ।
चलचित्र संघका महासचिव अशोक शर्माले अनलाइनखबरसँग भने–‘अब, हल नखोली त हामीसँग अरु विकल्प पनि छैन नी । अब, हल खोल्दै जाने र निर्माता, वितरकहरुसँग पनि छलफलको प्रक्रियालाई अगाडि बढाउनुपर्छ ।’
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]