आरएमडीसी र मेराे माइक्राेफाइनान्सकाे संस्थापक सेयर लिलामि भर्ने आज अन्तिम दिन

काठमाडौं : एनआइसी एसिया बैंकले लिलामीमा ल्याएको आरएमडीसी लघुवित्त र मेरो माइक्रोफाइनान्सको संस्थापक सेयरमा लिलामी भर्ने आज (भदौ १८ गते) अन्तिम दिन हो । एनआइसीले आफ्नो स्वामित्वमा रहेको आरएमडीसीको ३ लाख ६ हजार ६५ र मेरोको ८६ हजार ३३९ कित्ता सेयर लिलामीमा ल्याएको हो । लगानीकर्ताले आरएमडीसीको सेयरमा न्यूनतम ६०३ रुपैयाँ र मेरो माइक्रोफाइनान्सको सेयरमा ५८० रुपैयाँ न्यूनतम रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् ।

यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् । १०० कित्ता वा अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ । लिलामीको बोलपत्र बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल, बबरमहल काठमाडौंमा बुझाउन सकिनेछ ।
फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु