सगरमाथा आरोहण गर्न अहिलेसम्मकै सबैभन्दा धेरै अनुमति

रुपेश वि.क, कंचनपुर, वैशाख ११ गते ।

देशमा कोरोना सङ्क्रमणको दोस्रो लहरको सन्त्रास फैलिरहँदा नेपालका पर्वतारोहीले भने नयाँ इतिहास रचिरहेका छन्। सक्रमणकै अवस्थाको वसन्तयाममा विश्वकै सर्वोच्च शिखर (उचाई ८८४८.८६ मिटर अग्लो ) सगरमाथा आरोहणका लागि अनुमति लिनेको सङ्ख्या अहिलेसम्मकै सबैभन्दा बढी हुन पुगेको छ।

आरोहण अनुमाति उपलब्ध गराउने पर्यटन विभागका अनुसार शुक्रबारसम्म ३९४ जनाले सगरमाथा आरोहणको अनुमति लिएका छन् । यो अहिलेसम्मकै सबैभन्दा बढी हो।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु