
टिपरको ठक्करबाट झापामा एकजनाको मृत्यु
८ चैत, दमक । टिपरको ठक्करबाट शनिबार साँझ दमकमा एकजनाको मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्गको दमक-४ को चियाबगानस्थित सडकखण्डमा साँझ साढे ५ बजे पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश-१-०२-००१क १०८२ नंम्बरको टिपरले विपरीत दिशाबाट जाँदै गरेको प्रदेश-१-०२-०४४प ८१३३ नंको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका मोरङ रतुवामाई नगरपालिका-८ बस्ने २३ वर्षीय नीरन बस्नेतको मृत्यु भएको हो ।
फेसबुक प्रतिक्रियाहरु
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]