रातारात डेरा सर्दै मन्त्रिहरु , सरकारी गाडी मन्त्रालयमै

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सम्सद बिघटनको कदमप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिएका मन्त्रीहरुले सरकारी गाडी सम्बन्धित मन्त्रालयमा बुझाएका छन् ।

आइतबार दिउँसो राजीनामा दिएका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन अनन्तले सरकारी गाडी दिउँसै मन्त्रालयमा बुझाएका छन। उनले राजीनामा दिएपछि सरकारी गाडी मन्त्रालयमै छाडेर स्थायी कमिटीको बैठकको लागि निजी गाडीमा बालुवाटार गएका थिए।

मन्त्री पुन आज साँझ नै मन्त्री निवास पुल्चोकबाट आफ्नो डेरा बालुवाटार सर्ने जानकारी प्राप्त भएको छ । अहिले मन्त्री पुनका सामान ओसार्ने काम भइरहेको छ ।

आइतबार नै राजीनामा दिएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पनि दुई वटै गाडी मन्त्रालयमा बुझाएका छन। गाडी मन्त्रालयमा बुझाएर उनी निजी गाडीमा मन्त्री निवासमा फर्किएको स्वकीय सचिव प्रेम गुरागाईँले जानकारी दिए।

राजीनामा दिएका अरू मन्त्रीले पनि गाडी फिर्ता गर्ने मन्त्री निवास छाड्ने तयारी गरिरहेको जनाइएको छ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु