धोबी खोला पुलबाट मोटरसाइकल खस्दा चालकको मृत्यु

१२ पुस, काठमाडौं । काठमाडौंको चाबहिल गोपीकृष्णहल नजिकैको पुलबाट मोटरसाइकल खोलामा खस्दा एकजनाको मृत्यु भएको छ ।

बा२६प ४०२१ नम्बरको मोटरसाइकल पुलबाट धोबी खोलामा खस्दा मोटरसाइकल चालक सिन्धुलीको दुधौली-५ घर भई कपनमा बस्दै आएका २७ वर्षीय लोकबहादुर श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गुडिरहेको मोटरसाइकल शनिबार राति सवा नौ बजे पुलबाट धोबीखोलामा खसेको थियो । गम्भीर घाइते भएका श्रेष्ठको नेपाल-भारत अस्पताल चाबहिलमा उपचारको क्रममा राति सवा १० बजे मृत्यु भएको हो।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु