पीएसजीमा नयाँ ‘ट्रिओ’, मेस्सी र नेयमार फेरि सँगै

२७ साउन, काठमाडौं । लिओनल मेस्सी पेरिस सेन्ट जर्मेन (पीएसजी)मा अनुबन्ध भएपछि फ्रेन्च क्लबमा नयाँ अट्याकिङ ‘ट्रिओ’ बनेको छ ।

पेरिस क्लबमा मेस्सी फेरि पुराना साथी नेयमारसँगै हुनेछन् । नेयमार केही वर्षअघि बार्सिलोनाबाटै पीएसजी पुगेका थिए ।

पीएसजीमा अब मेस्सी, किलिएन एमबाप्पे र नेयमारसहितको अट्याकिङ लाइन हुनेछ । यसअघि बार्सिलोनामा मेस्सी, लुइस सुआरेज र नेयमार सँगै थिए । त्यसलाई ‘एमएसन’ भनिन्थ्यो ।

अब पीएसजीमा सुआरेजको सट्टा एमबाप्पे छन्  र यसलाई ‘एमएमएन’ (मेस्सी, एमबाप्पे र नेयमार) भनिएको छ ।

एमएसएनले बार्सिलोनामा रहँदा उत्कृष्ट प्रदर्शन गरेको थियो । अब पीएसजीमा एमएमएनले कस्तो प्रदर्शन गर्छ त्यो हेर्न बाँकी छ । तर सत्य के छ भने एमएमएन अहिले विश्वकै उत्कृष्ट अट्याकिङ लाइन भने बनेको छ ।

सुआरेज सन् २०१४ मा लिभरपुलबाट क्याटलान क्लबमा आबद्ध भएपछि मेस्सी, सुआरेज र नेयमारले बार्सिलोनामा तीन सिजन सँगै खेलेका थिए । सन् २०१७ मा नेयमार पीएसजी गएपछि यो ट्रिओ छुटेको थियो ।
त्यस समय यी तीन मिलेर ३६४ गोल गरेका थिए भने १७३ असिस्ट गरेका थिए ।

यस्तै तीन जना सँगै हुँदा बार्सिलोनाले दुई ला लिगा, तीन कोपा डेल रे तथा स्पानिस सुपर कप, च्याम्पियन्स लिग, युईएफए सुपर कप र फिफा क्लब वर्ल्ड कप एक-एक पटकसमेत जितेका थिए ।

Sagoon Host

तीन सिजन, ५०० भन्दा बढी गोल तथा असिस्ट र ९ ट्रफीले एमएसएनलाई चिनाएको थियो ।

यस्तो बन्यो पीएसजीको टोली

पीएसजीको अबको एउटै चाहना च्याम्पियन्स लिग जित्नु हो । मेस्सीको आगमनपछि पीएसजी थप बलियो बनेको छ ।

20% OFF SAGOON

यसअघि नै पीएसजीले फ्रि ट्रान्सफरमा जर्जिनिओ विजनाल्म, सर्जियो रामोस र जियानलुजी डोनारुम्बालाई भित्र्याइसकेको छ । त्यसअघि अच्रफ हाकिमीलाई पनि अनुबन्ध गरिसकेको छ ।

मेस्सीसहित ५ नयाँ खेलाडी भित्र्याएको पीएसजीले हरेक पोजिसनलाई बलियो बनाएको छ ।

युरो २०२० को उत्कृष्ट खेलाडी बनेका इटालियन गोलकिपर डोनारुम्माले पीएसजीको गोलपोष्ट सम्हाल्ने सम्भावना छ । यस्तै डिफेन्स लाइनमा रामोस र हाकिमीसँगै कप्तान मार्क्विन्होस र उपकप्तान प्रेसनल किम्बेम्पे हुनेछन् ।

एन्जल डि मारिया र मार्को भेराट्टीलाई मिडफिल्डमा सघाउन विजनाल्डम आइपुगेका छन् भने अट्याकमा नेयमार र एमबाप्पेसँगै अब मेस्सी थपिएका छन् ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु