नरेफाँटबाट चरेससहित दुई व्यक्ति पक्राउ

काठमाडौँ, कात्तिक ११- काठमाडौँ महानगरपालिका–३२ नरेफाँटबाट दुई किलो ५०० ग्राम चरेससहित दुई व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका बालाजु बोहराटार बस्ने १९ वर्षीय युवराज स्याङ्बो र जुलावसिंह स्याङ्बो रहेका प्रहरी प्रधान कार्यालयले जनाएको छ । महानगरीय प्रहरी प्रभाग कोटेश्रबाट गए राति खटिएको टोलीले जाँच गर्ने क्रममा उनीहरुको साथमा चरेस फेला पारेपछि पक्राउ […]

यो पनि पढ्नुहोस

चितवनमा थपिए ३३ कोरोना संक्रमित, दुईको मृत्यु

चितवन, कात्तिक ९- पछिल्लो २४ घण्टामा चितवनका ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय चितवनको अनुसार चितवनका विभिन्न अस्पतालमा ३७ जना कोरोना संक्रमित बिरामीले उपचार गराइरहेका छन् । जसमध्ये आईसीयूमा ११ जना, भेन्टिलेटरमा तीन जना, एचडीयूमा २६ जना रहेका छन् । त्यस्तै विगत २४ घण्टामा चितवनका विभिन्न अस्पतालबाट दुई जना संक्रमितको मृत्यु […]

यो पनि पढ्नुहोस

भक्तपुरमा ग्‍यास लिक हुँदा घरमा आगलागी

९ कात्तिक, भक्तपुर। मध्यपुरथिमि नगरपालिका-२, जातिगालस्थित दिलीप केसीको घरमा आगलागी भएको छ । मंगलबार दिउँसो भान्छामा चुलो बाल्ने क्रममा ग्यास लिक भएर आगलागी हुँदा करिब रु पाँच लाख बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीपछि महानगरीय प्रहरी प्रभाग सानोठिमीबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको सहयोगले आगो नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ […]

यो पनि पढ्नुहोस

चितवनका दुई मेडिकल कलेजमा दुई कोरोना संक्रमितको मृत्यु, थप दुई संक्रमित थपिए

चितवन, कात्तिक ७- चितवनका दुई मेडिकल कलेजमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय चितवनले उपलब्ध गराएको तथ्यांक अनुसार विगत २४ घण्टामा चितवन मेडिकल कलेजमा अर्घाखाँचीका एक जना र पुरानो मेडिकल कलेजमा चितवनकै एक कोरोना संक्रमितको मृत्यु भएको हो । चितवनका विभिन्न अस्पतालमा ४४ जना कोरोना संक्रमित बिरामीले उपचार गराइरहेका छन् । […]

यो पनि पढ्नुहोस

चितवनमा देखिसक्यौं, अब कांग्रेसले कसैसँग चुनावी तालमेल गर्दैनः गगन थापा

चितवन,कार्तिक ७- नेपाली कांग्रेसका नेता गगन थापाले आगामी निर्वाचनमा कुनै दलसँग चुनावी गठबन्धन नहुने प्रष्टाएका छन्। गत निर्वाचनमा माओवादी केन्द्रसँग तालमेल गर्दा कांग्रेसले क्षति बेहोरेको स्मरण गर्दै थापाले चुनावी गठबन्धन बनाउने पार्टीको चरित्र नभएको बताए। ‘एक्लै चुनाव लड्छौं र आफ्नो तागतले लड्छौं’, थापाले धादिङको एक कार्यक्रममा कार्यकर्तालाई भने, ‘हामीले चुनाव नजितेको स्थानमा जित्ने सुर्वण अवसर […]

यो पनि पढ्नुहोस

सुर्खेतबाट काठमाडौं आउँदै गरेको बसमा आगलागी

७ कात्तिक, काठमाडौं । सुर्खेतबाट काठमाडौं आउँदै गरेको यात्रु बसमा धादिङको गजुरीमा आगलागी भएको छ । ना ६ ख १४७१ नम्बरको यात्रु बसमा आज बिहानपख २ बजे आगलागी भएको हो । गजुरी बजारमा गुडिरहेको बेला बसमा एक्कासी आगलागी भएको धादिङ प्रहरीले जानकारी दिएको छ । बसमा पूर्णरुपमा क्षतिग्रस्त भएको छ । बसमा सवार यात्रुहरु भने […]

यो पनि पढ्नुहोस

एमाले भरतपुर-२६ को अध्यक्षमा मेघनाथ कुँबर सर्बसम्मत

चितवन,कार्तिक ६- नेकपा एमाले भरतपुर २६ को वडाध्यक्षमा मेघनाथ कुँबर सर्वसम्मत चयन हुनुभएको छ । आज सम्पन्न वडा अधिवेशनले कुँबरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । कमिटीको उपाध्यक्षमा ऋषि भण्डारी, सचिवमा नवलक्ष्मी श्रेष्ठ, उपसचिवहरु लेखनाथ पौडेल, लक्ष्मी खनाल चयन हुनुभएको छ । अधिवेशनबाट ५१ सदस्सीय नयाँ कार्यसमिति चयन भएको छ ।

यो पनि पढ्नुहोस

कृष्णपुरमा ११० जनाले गरे रक्तदान

चितवन, कात्तिक ६– रगतको मागलाई परिपूर्ति गर्न कृष्णपुरमा रगत संकलन गरिएको छ । नेपाल रेडक्रस सोसाईटी कृष्णपुर उपशाखाले भरतपुर–७ बुद्धचोकमा आयोजना गरेको रक्तदान कार्यक्रमबाट एक सय १० पिन्ट रगत संकलन गरिएको हो । कार्यक्रममा १२ महिलासहित ११० जनाले रक्तदान गरेको उपशाखा सभापति कृष्ण ढकालले जानकारी दिनुभयो । बागमती प्रदेश सभा सदस्य मिलन बाबु श्रेष्ठको प्रमुख […]

यो पनि पढ्नुहोस

नेकपा एमाले भरतपुर-११ को अध्यक्षमा प्रकाश आचार्य सर्वसम्मत

चितवन,कार्तिक ६- भरतपुर महानगरपालिकाको सबैभन्दा ठूलो वडा भरतपुर ११ नेकपा एमालेको वडा अध्यक्षमा प्रकाश आचार्य सर्वसम्मत चयन हुनुभएको छ । आज सम्पन्न वडा अधिवेशनले आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । आचार्य दोस्रो कार्यकाल अध्यक्ष बन्नुभएको हो । कमिटीको उपाध्यक्षमा लालमाया लामा,सचिवमा इश्वरी पण्डित,उपसचिवमा गणेश लामिछाने र गोकर्ण कार्की चयन हुनुभएको छ । अधिवेशनले […]

यो पनि पढ्नुहोस

बागमती र प्रदेश १ मा मुख्यमन्त्री र सभामुखको जालझेल

५ कात्तिक, काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले शुक्रबार प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गरे । तर, प्रदेशसभामा त्यसउपर छलफल र मतदान गर्ने प्रयोजनका लागि कात्तिक ७ गतेलाई बैठक राखिएको छ । आचार्यले विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव प्रदेशसभा सचिवालयमा भने २५ असोजमै दर्ता भएको थियो । संवैधानिक बाध्यतापछि मात्रै विश्वासको मत सम्बन्धी प्रस्ताव […]

यो पनि पढ्नुहोस