सिन्धुपाल्चोकमा घर बनाउन ठेक्का लिएका व्यक्तिबाटै नेत्रप्रसादको हत्या, दुई जना पक्राउ

७ असोज, काठमाडौं । सिन्धुपाल्चोकमा एक व्यक्तिको हत्या गरी उनकै आँगनमा गाडेको आरोपमा दुई जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ । मेलम्ची नगरपालिका–१० सिम्लेफाँटका नेत्र प्रसाद दाहालको हत्या गरी उनकै घरको आँगनमा खाल्डो खनी गाडेको आरोपमा काभ्रेको खानीखोला गाउँगालिका–८ बस्ने ३३ वर्षीय कृष्ण मगर र सिन्धुपाल्चोकको लिशंखुपाखर गाउँपालिका–७ का ३५ वर्षीय छिरिङ तामाङलाई पक्राउ […]

यो पनि पढ्नुहोस

मोहन वैद्य किरण अस्पतालबा‍ट डिस्चार्ज

७ कात्तिक, काठमाडौं । दमको समस्या बढेर थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरण डिस्चार्ज भएका छन् । स्वास्थ्य समस्यामा सुधार भई सामान्य अवस्था बनेपछि उनी आइतबार अपरान्ह डिस्चार्ज भएका अस्पतालले जनाएको छ । दमको समस्या बढेपछि उनलाई गत आइतबाट नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । त्यसपछि वार्डमा […]

यो पनि पढ्नुहोस

सर्लाहीमा छुट्टाछुट्टै घटनामा ३ जनाको मृत्यु

७ कात्तिक, मलङ्गवा । सर्लाहीमा शनिबार बेग्लाबेग्लै दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको छ । करेन्ट लागेर दुई जनाको र एक बालकलाई मोटरसाइकलले ठक्कर दिँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ईश्वरपुर नगरपालिका-१५ सुकनाहामा ट्य्बेलमा पानी चलाउने क्रममा अचानक करेन्ट लाग्दा ब्रहम्पुरी गाउँपालिका-७ मोहनगङ्जका २८ वर्षीया पपितादेवी साहको मृत्यु भएको ब्रहम्पुरी कार्यपालिका सदस्य […]

यो पनि पढ्नुहोस

प्रधानमन्त्री देउवा बाढीपहिरो प्रभावित पूर्वी नेपालका जिल्लाको भ्रमणमा जाँदै

७ कात्तिक, काठमाडौं । सुदूरपश्चिम क्षेत्रमा बाढीले पुर्‍याएको क्षति अवलोकन गरेर फर्किएका प्रधानमन्त्री शेरबहादुर देउवा आज पूर्वी नेपालको निरीक्षणमा जाँदैछन् । प्रधानमन्त्रीसहितको टोली आज बिहान आठ बजे नेपाली सेनाको हेलिकप्टरबाट पूर्वी नेपालको भ्रमणमा निस्किने कार्यक्रम छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री देउवाले सुनसरी, मोरङ, इलाम, पाँचथर लगायत जिल्लामा बाढी र पहिरोले पुर्याएको क्षतिको अवस्थाबारे बुझ्ने […]

यो पनि पढ्नुहोस

सुर्खेतबाट काठमाडौं आउँदै गरेको बसमा आगलागी

७ कात्तिक, काठमाडौं । सुर्खेतबाट काठमाडौं आउँदै गरेको यात्रु बसमा धादिङको गजुरीमा आगलागी भएको छ । ना ६ ख १४७१ नम्बरको यात्रु बसमा आज बिहानपख २ बजे आगलागी भएको हो । गजुरी बजारमा गुडिरहेको बेला बसमा एक्कासी आगलागी भएको धादिङ प्रहरीले जानकारी दिएको छ । बसमा पूर्णरुपमा क्षतिग्रस्त भएको छ । बसमा सवार यात्रुहरु भने […]

यो पनि पढ्नुहोस

टी-२० विश्वकप : इंग्ल्याण्डद्वारा साविक विजेता वेष्ट इन्डिज पराजित

काठमाडौं । आईसीसी टी-२० विश्वकपमा इंग्ल्याण्डले विजयी सुरुआत गरेको छ । दुबईमा शनिबार राति भएको खेलमा साविक उपविजेता इंग्ल्याण्डले साविक विजेता वेस्ट इन्डिजलाई ६ विकेटले पराजित गरेको हो । इंग्ल्यान्डले टी-२० विश्वकपमा पहिलो पटक वेस्ट इन्डिजलाई हराएको हो । वेस्ट इन्डिजले दिएको ५६ रनको सामान्य लक्ष्य इंग्ल्यान्डले ८.२ ओभरमा चार विकेट गुमाएर पूरा गर्‍यो । […]

यो पनि पढ्नुहोस

कर्णालीको सत्ता कांग्रेसलाई हस्तान्तरण नगर्ने माओवादीको निर्णय

समझदारी विपरीत गए अर्को खेल शुरु हुन्छ : जीवन शाही ७ कात्तिक, सुर्खेत । नेकपा (माओवादी केन्द्र)ले कर्णाली प्रदेशमा नेपाली कांग्रेसलाई सत्ता हस्तान्तरण नगर्ने निर्णय गरेको छ । शनिबार सम्पन्न प्रदेश कार्यालयको विस्तारित बैठकले महेन्द्रबहादुर शाही नेतृत्वको प्रदेश सरकारलाई नै पूर्ण कार्यकाल काम गर्न दिने निर्णय गरेको हो । ‘शुक्रबारदेखि शुरु भएको विस्तारित बैठक शनिबार […]

यो पनि पढ्नुहोस

एमाले भरतपुर-२६ को अध्यक्षमा मेघनाथ कुँबर सर्बसम्मत

चितवन,कार्तिक ६- नेकपा एमाले भरतपुर २६ को वडाध्यक्षमा मेघनाथ कुँबर सर्वसम्मत चयन हुनुभएको छ । आज सम्पन्न वडा अधिवेशनले कुँबरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । कमिटीको उपाध्यक्षमा ऋषि भण्डारी, सचिवमा नवलक्ष्मी श्रेष्ठ, उपसचिवहरु लेखनाथ पौडेल, लक्ष्मी खनाल चयन हुनुभएको छ । अधिवेशनबाट ५१ सदस्सीय नयाँ कार्यसमिति चयन भएको छ ।

यो पनि पढ्नुहोस

कृष्णपुरमा ११० जनाले गरे रक्तदान

चितवन, कात्तिक ६– रगतको मागलाई परिपूर्ति गर्न कृष्णपुरमा रगत संकलन गरिएको छ । नेपाल रेडक्रस सोसाईटी कृष्णपुर उपशाखाले भरतपुर–७ बुद्धचोकमा आयोजना गरेको रक्तदान कार्यक्रमबाट एक सय १० पिन्ट रगत संकलन गरिएको हो । कार्यक्रममा १२ महिलासहित ११० जनाले रक्तदान गरेको उपशाखा सभापति कृष्ण ढकालले जानकारी दिनुभयो । बागमती प्रदेश सभा सदस्य मिलन बाबु श्रेष्ठको प्रमुख […]

यो पनि पढ्नुहोस

नेकपा एमाले भरतपुर-११ को अध्यक्षमा प्रकाश आचार्य सर्वसम्मत

चितवन,कार्तिक ६- भरतपुर महानगरपालिकाको सबैभन्दा ठूलो वडा भरतपुर ११ नेकपा एमालेको वडा अध्यक्षमा प्रकाश आचार्य सर्वसम्मत चयन हुनुभएको छ । आज सम्पन्न वडा अधिवेशनले आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । आचार्य दोस्रो कार्यकाल अध्यक्ष बन्नुभएको हो । कमिटीको उपाध्यक्षमा लालमाया लामा,सचिवमा इश्वरी पण्डित,उपसचिवमा गणेश लामिछाने र गोकर्ण कार्की चयन हुनुभएको छ । अधिवेशनले […]

यो पनि पढ्नुहोस