कांग्रेस बैठक बस्नुअघि नै प्रधानमन्त्री भेट्न बालुवाटार पुगे प्रचण्ड र नेपाल

काठमाडौं, माघ १४- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले आज कांग्रेस बैठक बोलाएका छन् । बैठक भर्चुअल माध्यमबाट बस्नेछ । राष्ट्रिय सभाको निर्वाचनको समीक्षा र स्थानीय तहको निर्वाचनबारे छलफल गर्न देउवाले कांग्रेस केन्द्रीय समिति बैठक बोलाएका हुन् । बैठकले स्थानीय तहको निर्वाचनबारे ठोस निर्णय लिने भएको छ […]

यो पनि पढ्नुहोस

नेपाल र मोरिससबीचको खेल हेर्न दर्शकलाई प्रवेश दिइने

११ माघ, काठमाडौं । नेपाल र मोरिससबीच हुने मैत्रीपूर्ण फुटबल खेल हेर्न रंगशालामा दर्शकलाई प्रवेश दिइने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार दशरथ रंगशालाको कुल क्षमताको एक तिहाइ क्षमतामा दर्शकलाई प्रवेश दिइनेछ । माघ १५ र १८ गते हुने खेल हेर्न भीआईपी प्याराफिटतर्फ एक हजार र साधारण प्याराफिटतर्फ ५०० रुपैयाँ टिकट […]

यो पनि पढ्नुहोस

नेपालका राष्ट्रपति र प्रधानमन्त्रीले गरे भारतीय जनताको समृद्धिको कामना

१२ माघ, काठमाडौं । भारतलाई ७३ औं गणतन्त्र दिवसको अवसरमा नेपालले पनि शुभकामना दिएको छ । नेपालको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्काले आ–आफ्ना समकक्षीलाई बधाई तथा शुभकामना सन्देश पठाएका हुन् । परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार राष्ट्रपति भण्डारीले शुभकामना सन्देश पठाउँदै भारतीय राष्ट्रपति रामनाथ कोविन्द र भारतीय […]

यो पनि पढ्नुहोस

आफन्तको मृत्युपश्चात्स समवेदनामा दिन फ्रेम लैजाने प्रचलन बढ्यो,भेटी’ व्यवस्थापन गर्न परिवारलाई कठिन

चितवन, माघ १२- आफन्तको मृत्युपश्चात् समवेदना प्रकट गर्न लगिने भेटी व्यवस्थापन गर्न कठिन बन्दै गएको छ । पछिल्लो समय भेटीका रूपमा लगिने समवेदना फ्रेम, फलफूल, चिनी, मिश्रीजस्ता वस्तुको व्यवस्थापन कठिन हुने गरेको हो । खानेकुरा अनाथालय, आश्रममा पठाइने भए पनि समवेदना व्यक्त गरिएका फ्रेम व्यवस्थापन झन्झटिलो बन्ने गरेको हो । तेह्रौँ दिनको कर्मसम्म बाहिर देखाएर […]

यो पनि पढ्नुहोस

मन्त्री आलेले पशुपति धर्मशाला सञ्चालनको सम्झौता रद्द गरे

काठमाडौं,माघ १२- संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले नेपाल–भारत मैत्री पशुपति धर्मशाला सञ्चालनको सम्झौता रद्द गर्ने निर्णय गर्नुभएको छ । मन्त्रालयमा मङ्गलबार आयोजना गरिएको पत्रकार सम्मेलनमा मन्त्री आलेले बतास समूहले सञ्चालन गर्दै आएको सो धर्मशालाको सम्झौता फिर्ता लिइएको जानकारी गराउनुभएको हो ।\ मन्त्रीस्तरीय निर्णयबाट धर्मशाला सञ्चालनका लागि व्यावसायिक फार्म बतास समूहसँग सम्झौता रद्द भएको […]

यो पनि पढ्नुहोस

जङ्गली हात्तीको आक्रमणबाट वृद्धको मृत्यु

दमक, माघ १२- जङ्गली हात्तीको आक्रमणबाट झापाको दमक–३ दुम्सेमा गए राति एक वृद्धको मृत्यु भएको छ । दमक–३ गोलाटारका ६२ वर्षीय गणेश अधिकारीको जङ्गली हात्तीको आक्रमणबाट ज्यान गएको हो । वडाध्यक्ष नवीन बरालका अनुसार मकै लगाएको खेतमा पानी हाल्न कुलोमा गएका बेला अधिकारीलाई हात्तीले आक्रमण गरेको हो । आक्रमणबाट उनको घटनास्थलमै ज्यान गएको थियो । […]

यो पनि पढ्नुहोस

शिक्षक बढुवाको प्रक्रिया सुरु, आयोगले माग्यो दरखास्त

काठमाडौं, माघ १२- शिक्षक बढुवाका लागि प्रक्रिया सुरु भएको छ । शिक्षक सेवा आयोगले सामुदायिक विद्यालयमा प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका प्रथम र द्वितीय श्रेणीमा रिक्त शिक्षकका लागि बढुवाका निम्ति दरखास्त आह्वान गरेको हो । आन्तरिक प्रतियोगितात्मक परीक्षाबाट २५ प्रतिशत र कार्यसम्पादन मूल्यांकनका आधारमा ७५ प्रतिशत हुनेगरी पदपूर्ति गरिने आयोगले जानकारी दिएको छ । […]

यो पनि पढ्नुहोस

९० दिन कार्यालय नजाने कर्मचारीको सरकारी जागिर चट

काठमाडौं, माघ १२ – बिदा स्वीकृत नगराई ९० दिनसम्म पनि कार्यालय नगएको कसुरमा एक जना सरकारी कर्मचारीले जागिर गुमाउनु परेको छ । पोखरास्थित प्रदेश संग्रहालयमा कार्यरत खरिदार विशालाबाबु डुम्रेलाई पुरातत्व विभागले सरकारी सेवाबाट हटाएको हो । यद्यपि, उनलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिनेगरी सेवाबाट हटाउने निर्णय भएको पुरातत्व विभागद्वारा बुधबार जारी सार्वजनिक सूचनामा उल्लेख […]

यो पनि पढ्नुहोस

आज राष्ट्रियसभा निर्वाचन, आठ मतदानस्थल, १४ केन्द्र

काठमाडौं, माघ १२- राष्ट्रिय सभाको रिक्त १९ सिटका लागि आज बुधबार मतदान हुँदैछ । निर्वाचन आयोगका अनुसार प्रदेश १ मा तीन, मधेस प्रदेशमा दुई, बागमतीमा दुई, गण्डकीमा तीन, लुम्बिनीमा तीन, कर्णालीमा तीन र सुदूरपश्चिम प्रदेशमा तीन गरी १९ पदका लागि बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म मतदान हुन लागेको हो । जसका लागि आठ मतदानस्थलमा […]

यो पनि पढ्नुहोस

ग्रिसमा अलपत्र शव एनआरएनको सहयोगमा नेपाल पठाइँदै

११ माघ, बार्सिलोना। ग्रिसमा अलपत्र परेका दुई नेपालीको शव अन्तत: नेपाल पठाइने भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को सहयोगमा यथाशीघ्र नेपाल पठाउन लागिएको हो । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का सहकोषाध्यक्ष लोकप्रसाद दाहालका अनुसार ७ हजार २०० युरो संकलन गर्दै  ग्रिस पठाइएको छ । टर्कीबाट अवैध रुपमा ग्रिस जाँदा मंसिर पहिलो साता गाडी […]

यो पनि पढ्नुहोस