वाणिज्य विभागको शैलीः ठूला व्यवसायीलाई जोगाउने, सानालाई दपेट्ने

२१ असोज, काठमाडौं । उपभोक्ता हित संरक्षणको उद्देश्य बोकेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग पछिल्लो समयमा भुत्ते भएको भन्दै आलोचित बनिरहेको छ । विभागको कार्यशैलीबाट न उपभोक्ता सन्तुष्ट छन्, न व्यवसायी । उपभोक्ताहितमा काम गर्नु पर्ने विभाग संगठित र ठूला व्यापारी जोगाउने तथा सानालाई कज्याउन अभ्यस्त बनेको उपभोक्ता अधिकारकर्मीले आरोप लगाएका छन् । राजनीतिक […]

यो पनि पढ्नुहोस

मुम्बईले राजस्थानलाई ५७ रनले हरायो, बुमराहले लिए चार विकेट

२१ असोज, काठमाडौं । आईपीएल क्रिकेटअन्तर्गत मंगलबार अबुधाबीमा भएको खेलमा डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सले राजस्थान रोयल्सलाई ५७ रनले हराएको छ । यो जितसँगै मुम्बई अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ । मुम्बईले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा चार विकेट गुमाएर १९३ रन बनाएको थियो । १९४ रनको लक्ष्य पछ्याएको राजस्थान १८.१ ओभरमा १३६ रनमा […]

यो पनि पढ्नुहोस

८ किलो अफिमसहित एकजना पक्राउ

२१ असोज, वीरगञ्ज । पर्सामा अफिमको ८ किलो धुलोसहित एक जना पक्राउ परेका छन् । कालिकामाई गाउँपालिका–१ तीन डोबिया बस्ने २९ वर्षीय खोवारी प्रसाद पक्राउ परेका हुन् । गएराति साढे १० बजे विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पोखरियाको टोलीले आफिमसहित खोवारीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले जानकारी […]

यो पनि पढ्नुहोस

विश्व हिन्दु युवा संघको केन्द्रीय समितिले पायो पूर्णता

२१ असोज, काठमाडौं । विश्व हिन्दु युवा संघका अध्यक्ष ऋषिकेश जंग शाहले विश्व हिन्दु युवा संघको केन्द्रीय समितिलाई पूर्णता दिएका छन् । अध्यक्ष शाहले १०६ सदस्यीय केन्द्रीय समितिलाई मंगलबार पूर्णता दिएका हुन् । संघको प्रवक्ता अनुराग शाह तोकिएका छन् । अध्यक्ष शाहले विश्व हिन्दु युवा संघलाई एक वर्षमा देशको सबैभन्दा ठूलो संगठनको रुपमा बिस्तार गर्ने […]

यो पनि पढ्नुहोस

दाङ राजधानी बनेको खुसियालीमा बाजागाजासहित दीपावली

२१ असोज, काठमाडौं । लुम्बिनी प्रदेशको राजधानी दाङ बनेको खुसियालीमा दंगालीले बाजागाजासहित र्‍याली निकालेर खुसियाली मनाएका छन् । उनीहरुले प्रदेशसभाको निर्णयको स्वागत गर्दै जिल्लाभर दीपावली पनि गरे । नागरिकस्तरबाट भालुबाङ, लमही, घोराही, तुलसीपुर, नारायणपुर, बिजौरी, पुरन्धारा, गढवा, गोबरडिहा लगायतका स्थानमा दीप प्रज्ज्वलन गरिएको थियो । प्रदेश राजधानी रहने भनिएको देउखुरी उपत्यकाको भालुबाङमा सबैभन्दा ठूलो उत्साह […]

यो पनि पढ्नुहोस

बल्खु पुलमुनिको ‘हिट एण्ड रन’ : काठमाडौंबाट समातियो मध्यराति ठक्कर दिने ट्रक

२० असोज, काठमाडौं । मंगलबार बिहान साढे ५ बजेतिर महानगरीय प्रहरी परिसर, ललितपुरलाई बल्खु खोलाको पुलमुनि एकजना पुरुषको शव भेटिएको खबर आयो । लगत्तै बल्खु प्रहरी प्रभागबाट एक टोली घटनास्थलमा पुग्यो । टाउकोबाट गिदी निस्किएको अवस्थामा शव देखेपछि प्रहरी अधिकृतहरुले उनलाई कुनै गाडीले ठक्कर दिएर भागेको हुनसक्ने आशंका गरे । छेउछाउमा रहेको पसलका सञ्चालकसँग प्रहरीले […]

यो पनि पढ्नुहोस

भारतीय गस्ती बढेपछि कालापानी नजिक बीओपी स्थापनाको तयारी

२० असोज, काठमाडौं । कालापानी क्षेत्रमा भारतले सुरक्षागस्ती बढाइरहेका बेला नेपालले पनि सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बीओपी) स्थापनाको तयारी थालेको छ । नेपालले दार्चुला जिल्लाको ब्याँस गाउँपालिका–१, स्थित तल्लोकौवामा बीओपी स्थापना गर्न लागेको हो । तल्लोकौवामा बीओपी राख्नका लागि ४८६ कित्ता नम्बरको २० रोपनी जग्गा माग्ने निर्णय भएको ब्याँस–१ का वडाध्यक्ष अशोक बोहरा […]

यो पनि पढ्नुहोस

अमेरिकाले भन्यो : भिसा र अमेरिकामा बसोबास सम्बन्धी नीतिमा परिवर्तन आएको छैन

२० असोज, काठमाडौं । काठमाडौंस्थित अमेरिकी दूतावासले भिसासम्बन्धी दशकौं पुरानो नीतिमा कुनै पनि परिवर्तन नआएको बताएको छ । दूतावासले भिसासम्बन्धी आएका केही समाचार गलत अर्थ लाग्ने खालको भएको उल्लेख गरेको छ । कम्युनिष्ट पार्टीका सदस्य र निरंकुश सत्ताका सदस्यहरुको अमेरिका भ्रमण र अमेरिकामा बसोबाससम्बन्धी दशकौं पुरानो नीतिमा कुनै पनि परिवर्तन नआएको उल्लेख छ । तर […]

यो पनि पढ्नुहोस

भालुवाङले प्रदेशभरको मनोविज्ञान प्रतिनिधित्व गर्छ : मुख्यमन्त्री पोखरेल

२० असोज, बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशभरका वासिन्दाको मनोविज्ञानलाई प्रतिनिधित्व गर्ने ठाउँमा राजधानी प्रस्ताव गरेको बताएका छन् । अहिले ५ नम्बर प्रदेशमा रहेका विगतका ३ वटा अञ्चल (लुम्बिनी, राप्ती र भेरी) को केन्द्रविन्दुको रुपमा राप्ती उपत्यकालाई राजधानी बनाउन खोजेको उनले बताए । प्रदेशसभा बैठकमा मंगलबार सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले […]

यो पनि पढ्नुहोस

बाबुराम भट्टराई भन्छन्– डा. केसी बाँच्नुपर्छ, तुरुन्त वार्ता गर

२० असोज काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले २३ दिनदेखि अनशनरत डा. गोविन्द केसीसँग तत्काल वार्ता गर्न सरकारलाई आग्रह गरेका छन् । डा. केसीको स्वास्थ्य जोखिमपूर्ण अवस्थामा पुग्दा पनि सरकारले वार्ताको पहलसमेत नगरेको डा. भट्टराईको भनाइ छ । सरकारको यो बेवास्ताप्रति डा. भट्टराईले ट्वीटरमा लेखेका छन्, ‘२३ दिनदेखि अनसनरत डा. केसीको स्वास्थ्य जोखिमपूर्ण अवस्थामा पुग्दा […]

यो पनि पढ्नुहोस