अब्दुल्लाह अलमुताइरी नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक

२२ चैत, काठमाडौं । कुवेतका नागरिक अब्दुल्लाह अलमुताइरी नेपाली फुटबलको मुख्य प्रशिक्षक बनेका छन् । चैत १८ गते बसेको अखिल नेपाल फुटबल संघ (एन्फा) प्राविधिक कमिटीको प्रस्तावअनुसार एन्फा सचिवालयले उन­लाई प्रशिक्षकको जिम्मेवारी दिएको हो । यो निर्णयलाई एन्फा कार्यसमितिले अनुमोदन गर्नेछ । उनले आइतबारदेखि नै काम सुरु गर्नेछन् । उनको खर्च कतार फुटबल एसोसिएसनले व्यहोर्नेछ […]

यो पनि पढ्नुहोस

गुडविल सहकारीका अध्यक्ष श्रेष्ठ पक्राउ

२२ चैत, काठमाडौँ । गुडविल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिवाकार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । गुडविल सहकारीबाट लिएको ऋण तिर्न नसकेपछि फरार रहेका श्रेष्ठलाई चितवनबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । प्रहरीका अनुसार उनलाई चितवनबाट पक्राउ गरेर ललितपुरतर्फत ल्याइँदैछ ।

यो पनि पढ्नुहोस

एनआरएनएद्वारा एक लाख ७० हजार नेपालीलाई राहत प्रदान

२२ चैत, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले कोभिड-१९ का कारण समस्यामा परेका विभिन्न मुलुकका करिब एक लाख ७० हजार नेपालीलाई राहत प्रदान गरेको छ । कोभिड-१९ महामारीपछि संघको पहलमा भएका उद्धार तथा राहत विवरण सार्वजनिक गर्दै ५० देशका ३ सयभन्दा बढी शहरमा रहेका नेपालीलाई राहत वितरण गरिएको जनाइएको छ । संघले समस्यामा परेका नेपाली […]

यो पनि पढ्नुहोस

जाजरकोटमा यातायात मजदुरबीचको झडपमा १ जनाको मृत्यु

२० चैत, सुर्खेत । जाजरकोटमा यातायात मजदुरबीचको झडपमा एक युवकको मृत्यु भएको छ । बारेकोट गाउँपालिका–२, लिम्सामा यातायात मजदुरको दुई समूहबीच झडप हुँदा नलगाड नगरपालिका–४, का ३५ वर्षीय नरेश रावलको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शव बारेकोटकै देउलस्थित खोलामा शुक्रबार दिउँसो फेला परेको जाजरकोटका डीएसपी मधु थापाले जानकारी दिए । प्रहरीका अनुसार जाजरकोट–डोल्पा […]

यो पनि पढ्नुहोस

अनुमति नलिई मदिरा बिक्री गर्नेलाई जरिबाना

२० चैत, काठमाडौं । अनुमति नलिई मदिरा बिक्री गरेको आरोपमा ललितपुरका चार वटा पसललाई जरिवाना तिराइएको छ । जिल्ला प्रशासन कार्यलयको नेतृत्वमा गरिएको संयुक्त अनुगमनका क्रममा जिल्लाको कोन्ज्योसोम र बागमती गाउँपालिका तथा गोदावरी नगरपालिका क्षेत्रका मदिरा पसललाई जनही तीन हजार रुपैयाँका दरले जरिबाना तिराइएको सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए । अनुगमन क्रममा […]

यो पनि पढ्नुहोस

जंगली अर्किडको संरक्षण गर्नुपर्नेमा सरोकारवालाको जोड

१७ चैत, काठमाडौं । जंगली अर्किडको अवैध व्यापारका कारण कतिपय प्रजातिका बहुमुल्य अर्किड लोप हुँदै गएको  भन्‍दै यसको संरक्षणका लागि बलियो नीति नियम बन्नुपर्नेमा सरोकारबालाले जोड दिएका छन् । जंगली अर्किडको अवैध व्यापार र  दीगो प्रयोगको बारेमा सरोकारवाला निकायहरुबीच भएको छलफलमा उनीहरुले  यसको संरक्षणका लागि बलियो नीति नियम बन्नुपर्नेमा जोड दिएका हुन् । प्रा.डा. बिजया […]

यो पनि पढ्नुहोस

वसन्तपुर क्षेत्रका अनधिकृत पसल हटाउन माइकिङ

१७ चैत, काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर हनुमानढोका दरबारक्षेत्र आसपासमा अनधिकृत रुपमा सञ्चालित व्यापारिक प्रयोजनका संरचना हटाउन पुरातत्व विभागलाई पटक–पटक ताकेता गर्दा पनि आलटाल गरेको भन्दै काठमाडौं महानगरपालिकाले माइकिङ गर्दै अनधिकृत रुपमा सञ्चालित व्यापारिक प्रयोजनका  संरचना हटाई सहयोग गर्न आग्रह गरेको छ । विभागलाई पटक–पटक मौखिक र लिखित रुपमा उक्त स्थान खाली गराउन […]

यो पनि पढ्नुहोस

सवारी दुर्घटनामापरि ३ जनाको मृत्यु

१७ चैत, काठमाडौं । दाङ, सुनसरी र जुम्लामा भएका सवारी दुर्घटनामा तीनजनाको मृत्यु भएको छ । दाङको बबई गाउँपालिका–३ पीसीओ चोकमा रा ६ प १४४३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बबई गाउँपालिका–५ का २० वर्षीय गोविन्द पुन रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका […]

यो पनि पढ्नुहोस

सुर्खेतमा एक पुरुष मृत अवस्थामा भेटिए

१७ चैत, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा एक पुरुष मृत अवस्थामा भेटिएका छन् । वीरेन्द्रनगर–६, स्थित यज्ञ पिसहोम बोडिङ्ग स्कुलनजिक मंगलबार बिहान ती पुरुष मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए । डीएसपी घर्तीका अनुसार ती पुरुष सिम्ता गाउँपालिका–९, का ३९ वर्षीय रामबहादुर राना क्षेत्री रहेका छन् । […]

यो पनि पढ्नुहोस

प्रदेश १ को मन्त्रिपरिषद विस्तार : संकटमा मुख्यमन्त्रीलाई साथ दिएकाहरुलाई मन्त्री

१३ चैत, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषद विस्तार गरेका छन् । साबिकको नेकपाको विवादमा प्रचण्ड-माधव समूह छाडेर ओलीतिर लागेका तथा एमाले ब्युँतिएपछि माओवादी केन्द्र छाडेर आएका नेताहरुलाई समेटेर मुख्यमन्त्री राईले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका हुन् । नवनियुक्त मन्त्रीहरुको सपथ शुक्रबार दिउँसो प्रदेश प्रमुखको कार्यालयमा राखिएको छ । सपथग्रहण दिउँसो १ बजे […]

यो पनि पढ्नुहोस