गोदावरीमा टिपरले घेरे नगरपालिका र सांसदको घर

काठमाडौं-ढुवानी व्यवासायीले आफ्ना टिपर लिएर गोदावरी नगरपालिकाको भवन र संघीय सांसद चेतनाथ सञ्जेलको घर घेराउ गरेका छन्।

मंगलबार बिहान टिपर चालकहरूले चाबी बुझाउने भन्दै नगरपालिका र सांसद सञ्जेलको घर घेराउ गरेका हुन्।

सात दोबाटोदेखि टीकाभैरवको बाटोमा मालवाहक गाडी गुड्न नपाउने भएपछि आफूहरूले टिपर नै लिएर नगरपालिका घेराउ गरेको गोदावरी नगरपालिका व्यवसायी संघका अध्यक्ष निरोज श्रेष्ठले सेतोपाटीलाई बताए।

‘बजारबाट जाने बाटोमा निशान (सानो मालबाहक गाडी) समेत चल्न नपाउने भनेर नगरपालिकाले निर्णय गरेको थियो। चलाउन नपाउने भएपछि घरमा राखेर केही काम छैन, गाडी नै बुझाइदिम् भनेर आएका हौं,’ उनले भने।

नगरपालिकाका मेयर गजेन्द्र महर्जनका अनुसार बाटो साँघुरो भएकाले विकल्पको रूपमा अर्को बाटोबाट जान दिएको थियो।

नगरपालिकाले नख्खु खोलाको बाटो प्रयोग गर्न दिएको थियो। तर व्यवसायीहरूलाई त्यहाँको बाटोले अप्ठेरो भएको भन्दै विरोध गरेका हुन्।

Sagoon Host

‘बाटो साँघुरो छ। मालवाहक गाडीले जाम गर्ने भएको हुँदा हामीले नख्खु खोलाको बाटो प्रयोग गर्न भनेका थियौं,’ प्रमुख महर्जनले भने,’ठूला गाडीहरू पहिले पनि त्यही बाटो गुड्थे तर अहिले सानो आइचर गाडी पनि त्यहीँबाट पठाएको हुँदा विरोध भयो।’

संघका अध्यक्ष श्रेष्ठका अनुसार नख्खुको बाटो खराब हुँदा साना मालवाहक गाडी जान अप्ठेरो छ। साना मालवाहक गाडीलाई पनि अवरोध गरेपछि विरोध गर्न बाध्य भएको उनले बताए।

20% OFF SAGOON

नगरपालिकाअगाडि करिब ८० वटा टिपर रोकिएका छन्। त्यस्तै, सांसद सञ्जेलको घर अगाडि पनि करिब ४० वटा गाडी राखिएको श्रेष्ठले बताए।

‘हामीले कुनै सवारीसाधन तथा सर्वसाधारणलाई अप्ठ्यारो नहुने गरी सवारीसाधन रोकेका छैनौं। कसैलाई अवरोध पनि गरेका छैनौं,’ उनले भने,’नगरपालिका अगाडि नअटेका सवारीसाधनहरू चौरमा राखेका छौं।’

उनका अनुसार सासंद सञ्जेलको गाडी भने निकाल्न नमिल्ने गरी गाडीहरू रोकिएका थिए। तर उनी त्यसको वेवास्ता गर्दै अर्को गाडी बोलाएर निस्किएका छन्।

सबैले बेवास्ता गरेपछि छलफल गर्ने टुङ्गो पनि नभएको उनले बताए।

‘छलफलको कुनै टुङ्गो लागेको छैन। बेवास्ता भएको छ। कुरा मिलेन भने सायद गाडी हामी यही छाड्छौं,’उनले भने। सेतोपाटीबाट सभार 

 

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु