सुनिल र समीक्षाको ‘केटो अलि कमाउने होस्’ (भिडियो)

काठमाडौं – गायक सुनिल कटुवाल र गायिका समीक्षा अधिकारीको स्वर रहेको नयाँ गीत ‘केटो अलि कमाउने होस्’ सार्वजनिक गरिएको छ । दिग्गज धौरालीको शब्द रहेको गीतमा अर्जुन पोखरेलले संगीत दिएका छन् ।

गीतको भिडियोमा सुधिर श्रेष्ठ र श्रेया सिटौलासँगै अजय मगर र अस्मिता अधिकारीको अभिनय देख्न सकिन्छ । उत्सव दाहालले खिचेको भिडियो विधान कार्कीले निर्देशन गरेका हुन् ।

गायक सुनिलले गीतबाट ठुलो आशा लिएको बताए । उनी यसअघिका गीत जस्तै दर्शकले मन पराउनेमा आशावादी छन् । सुनिलले गाएका दर्जनौं गीत मध्ये ‘कपुरी क’, ‘ताराबाजी लैलै’ बोलको गीत चर्चित छन् ।

 

 

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु