बहिनी कौशल्याको हातबाट लगाए प्रधानमन्त्रीले भाइटीका (तस्बिरहरु)

तस्विर सौजन्य – प्रम सचिवालय

 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बहिनी कौशल्या कोइरालाको हातबाट भाइटीका लगाएका छन् ।

कोइराला आफ्ना दाजु तथा प्रधानमन्त्री ओलीलाई भाइटीका लगाइदिन बालुवाटार पुगेकी थिइन् ।

कोइरालाले प्रधानमन्त्री ओलीलाई सप्तरंगी टीका, मखमलीका साथै दुबोको माला पहिरियाइदिएकी थिइन् भने सगुन पनि दिइन् ।

यस्तै प्रधानमन्त्री पत्नी राधिका शाक्यलाई समेत कोइरालाले टीका लगाइदिएकी थिइन् ।

त्यसपछि प्रधानमन्त्री ओलीले बहिनीलाई पनि सप्तरंगी टीका र मालाका साथै दक्षिणा प्रदान गरेका थिए ।

कोरोनाको असहज परिस्थितिका कारण ओलीका अरु दिदीबहीनी भाइटीकामा सरिक भएनन् ।

Sagoon Host

प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्ने गर्छन् ।

 

 

 

20% OFF SAGOON
फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु