शिशिर भण्डारीको अभिनय रहेको ‘ भोटे ताल्चा ’ सार्बजनिक भएको छोटो समयमा चर्चामा(भिडियो)

काठमाडौं : पछील्लो समय उदयमान सुन्दरी गायिका रचना रिमाललाई नचिन्ने बिरलै होलान। उनको जादुमय स्वरले सबैलाई मन्त्रमुग्ध पारीरहेको छ। उनै गायिका रिमाल र शँकर दाहालको आवाजमा रहेको गीत ‘भोटे ताल्चा ‘सार्बजनिक भएको छ।

भोटे ताल्चा

चर्चित सिनेकर्मी तथा समाजसेवी शिशिर भण्डारी सँगै ६ जना प्रतिभाशाली मोडलहरुको अभिनय रहेको उक्त गीत रिलिज भएको छोटो समयमा नै धेरैले मन पराएका छन।

दीपक राज पाठकको शब्द, बिपिन आचार्यको संगीत अनी आचार्यकै सङ्गीत संयोजन रहेको उक्त गीत ‘ भोटे ताल्चा …’ को भिडियो सार्वजनिक भएको हो।

सार्वजनिक भएको उक्त गीतको भिडियोलाई दर्शक तथा श्रोताको मन जित्ने आशा लिएको गीतका गायक/गायिका बताउछन।

भोटे ताल्चा

गायिका रचनाका यस अघी उनको प्रीति, फोटो फिरिममा, सुनन पियारी लगाएत थुप्रै हिट गीतहरु बजारमा आइसकेका छन।

Sagoon Host

हालको साँगीतक बजारको बिकृतिलाई पनि समेटिएको गीतमा स्मृति श्रेष्ठ, एलिशाा श्रेष्ठ, श्रद्धा गौतम, सँचिता पाँचकोटी, आकंक्षा तामाङ र सबिता रानाको पनि अभिनय रहेको छ ।

एम बि रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको उक्त गीत बरिस्ठ साउन्ड ईन्जिनियर मिन बिष्टले गरेका हुन।

भोटे ताल्चा

20% OFF SAGOON

गीतको कथावस्तु र समग्रमा गीत नै उत्कृष्ठ रहेको दर्शक, श्रोताले कमेन्ट दिएका छन् ।

लक्ष्मण अधिकारिको पनि अभिनय रहेको गीतलाई सुन्दर लोकेशनमा ज्ञानेन्द्र शर्मा हुमागाईले खिचेका हुन् भने गीतमा नृत्य र निर्देशन सन्तोष राजबहाकको रहेको छ।

गीतलाई डिन्सन शाहले सम्पादन गरेका हुन् ।

भिडियोलाई शुक्रबार नयाँ नयाँ न्युज नेपाल यूटुब च्यानल बाट सार्वजनिक गरिएको हो।

भोटे ताल्चा

 

भोटे ताल्चा

गीतको भिडियो

 

यो पनि हेर्नुहोस् – मेरा काला दारी गीतले कमायो दश लाख (भिडियो सहित)

 

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु