
अमेरिकी कवि लुइस ग्लुकलाई साहित्य तर्फको नोबेल पुरस्कार
२२ असोज, काठमाडौं। यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार अमेरिकी कवियत्री लुइस ग्लुकलाई प्रदान गरिएको छ । बिहीबार द स्विडिस एकेडेमीले उनलाई सन् २०२० को साहित्यतर्फको नोबेल पुरस्कार दिने घोषणा गरेको हो ।
उनलाई सादा सौन्दर्यले व्यक्तिगत अस्तित्वलाई विश्वव्यापी बनाउँछ भन्ने अकाट्य काव्यिक आवाजको लागि यो पुरस्कार प्रदान गरिएको हो ।
लुइसको जन्म सन् १९४३ मा अमेरिकाको न्युयोर्कमा भएको थियो ।
फेसबुक प्रतिक्रियाहरु
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


