
बैतडीमा वडाध्यक्षको मृत्यु
३० असोज, कैलाली । बैतडीमा एक वडाध्यक्षको मृत्यु भएको छ । जिल्लाको सुर्नया गाउँपालिका ५ का ७० वर्षीय वडाध्यक्ष केशव मडैको बिहीबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
एक्कासी घरमा लडेपछि उनलाई उपचारको लागि जिल्ला अस्पताल लगिएको थियो । जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।
वडाध्यक्ष मडै लामो समयदेखि सुगर, प्रेसर र जन्डिसको बिरामी थिए । उनी तत्कालीन नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


