
तनहुँमा जिप दुर्घटना हुँदा १८ जना घाइते
२६ भदौ, चितवन । तनहुँमा शुक्रबार जिप दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँले दिएको जानकारी अनुसार दुलेगौंडाबाट बयमतिर जाँदै गरेको ग १ ज ६०१९ नम्बरको जिप शुक्लागण्डकी नगरपालिका वडा नम्बर ३ मा दुर्घटनामा परेको हो ।
प्रहरीका अनुसार उकालो बाटोमा एक्कासी जिप ब्याक हुन पुग्दा दुर्घटना भएको छ । दुर्घटनामा चालकसमेत घाइते छन् । घाइतेहरुको सेवा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
फेसबुक प्रतिक्रियाहरु
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


