गोसाइकुण्डमा लैंगिक हिंसाविरुद्धको कार्यक्रम सम्पन्न

गोसाइकुण्ड । हरेक वर्ष विश्वभर मनाइने लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तरगत रसुवा जिल्लाको गोसाइकुण्ड गाउपालिका वडा नम्बर ६, धुन्चेमा पनि लैंगिक हिंसा विरूद्वको कार्यक्रम सम्पन्न भएको छ ।

संयुक्त राष्ट्रसंघको महासभाले प्रत्येक वर्ष नोभेम्बर २५ तारिखलाई महिला हिंसा निर्मूलसम्बन्धी अन्तर्राष्ट्रिय दिवसको रूपमा विश्वभर मनाउने निर्णय गरे बमोजिम नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर लैंगिक हिंसा विरूद्धको १६ दिने अभियान सन्चालन हुँदै आएको छ । गोसाइकुण्ड गाउपालिका उपाध्यक्ष प्रतिमा लामाले स्थानिय सरकारका रुपमा गोसाइकुण्ड गाउपालिकाले प्रत्येक बर्ष वडा वडामा लैंगिक हिंसा विरूद्वको अभियान सचेतनामुलक कार्यक्रमको रूपमा विभिन्न ठाउमा आयोजना गर्दै आएको बताउदै यो कार्यक्रमलाई आगामी बर्ष पनि निरन्तरता दिने बताउनु भयो ।

गोसाइकुण्ड गाँउपालिकाको महिला, बालबालिका तथा जेष्ठ नागरिक विभागद्धारा आयोजित उक्त कार्यक्रम गाउपालिका उपाध्यक्ष प्रतिमा लामाको प्रमुख अतिथ्यतामा सम्पन्न भएको थियो ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु



अर्जुन मादेन लिम्बु पहिलो प्रहरका Executive Editor हुन्