सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री त्रिलोचन भट्टको पद जोगियो विश्वासको ३० मत प्राप्त

कंचनपुर, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत प्राप्त गरेका छन्। यो सँगै उनको पद जोगिएको छ।

मंगलबार विश्वासको मत मागेका उनको पक्षमा ३० मत खसेका छन्। उनको पक्षमा नेकपा माओवादी केन्द्र र एमाले माधव समूहको जम्मै भोट खसेका हुन् उनको विपक्षमा ९ मत खसेका थिए।

कांग्रेसले भने ‘नो भोट’को नीति लिने तर मुख्यमन्त्रीलाई विश्वासको मत कम हुने भएमा पक्षमा मतदान गर्ने निर्णय गरेका थियो। यस्तै जनता समाजवादी पार्टी(जसपा)ले मुख्यमन्त्री भट्टलाई विश्वासको मत नलिने निर्णय गरेको थियो।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु