पल्सर मोटरसाइकलको नम्बर परिवर्तन गरी चोरी गर्ने दुईजना पक्राउ

काठमाडौं,फागुन १०-

काठमाडौँको सामाखुसीबाट चोरीको मोटरसाइकलसहित महानगरीय ट्राफिक प्रहरी महाशाखाले दुईजनालाई नियन्त्रणमा लिएको छ ।

महाशाखाबाट सादा पोसाकमा खटिएको ट्राफिक टोलीले सामाखुसीबाट महोत्तरी बर्दीबास घर भई कपन बस्ने वर्ष २० को सञ्जय विश्वकर्मालाई वास्तविक नम्वर परिवर्तन गरी प्रदेश ३(०२(१२ प ५५८२ नम्वर भएको एनएस पल्सर मोटरसाइकलसहित नियन्त्रणमा लिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले जानकारी दिए ।

वास्तविक नम्बर बा८५प ९०३४ खुल्न आएको उक्त मोटरसाइकल यही पुसमा धुम्बाराहीबाट हराएको भनी मोटरसाइकल धनी सन्तोष श्रेष्ठले जानकारी गराएको एसएसपी जोशीले बताए ।

सोही स्थानबाट बा९७प ३१५५ नम्बरको पल्सर मोटरसाइकलसहित संखुवासभाको खाँदबारी घर भई काठमाडौं बस्ने रमेश राईलाई नियन्त्रणमा लिइएको हो । कपन बस्ने निर्मल कार्कीले उक्त मोटरसाइकल चोरी भएको भनी गत असोजमा निवेदन दिएको महाशाखाले जनाएको छ ।

मोटरसाइकलसहित पक्राउ परेका दुबैजनालाई चोरी मुद्दा अनुसन्धान एवं कारबाहीका लागि महानगरीय प्रहरी वृत्त महाराजगञ्ज पठाइएको महाशाखाले जानकारी दिएको छ ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु