किरात याक्थुङ चुम्लुङ कतारको अध्यक्षमा खजुम

काठमाडौं । हालै सम्पन्न किरात याक्थुङ चुम्लुङ कतारको ११ औं अधिवेशनबाट हर्क खजुम लिम्बु अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको छ ।

खजुम अध्यक्ष रहेको २५ सदस्यीय नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा सागर तुम्वाहाम्फे लिम्बु, प्रथम उपाध्यक्षमा योगेन माखिम लिम्बु, द्धितिय उपाध्यक्षमा राम लोङ्वा लिम्बु, तृतीय उपाध्यक्षमा लेरिना आङ्देम्बे लिम्बु, महासचीवमा बिबस मादेन लिम्बु, उपमहासचिवमा बिरेन मादेन लिम्बु, सचीवद्धयमा गणेश मादेन लिम्बु र गौतम समि आङ्देम्बे लिम्बु, कोषाध्यक्षमा सोम माबोहाङ लिम्बु र सहकोषाध्यक्षमा प्रकाश हाङ्गाम लिम्बु रहेका छन् ।

यसैगरि सचिवालय सदस्यद्धयमा राज आङ्ला लिम्बु, रेखा मेन्याङ्बो लिम्बु र केन्द्रिय सदस्यहरुमा पबित्रा फागो लिम्बु, सोनु चेम्जोङ लिम्बु, मनु साम्याङ्खाम लिम्बु, बिश्व मादेम्वा लिम्बु, बिनोद आङ्बुङ लिम्बु, मन्जु साबाँ लिम्बु, भबिन्द्र तुम्बापो लिम्बु, तेजबहादुर साँबा लिम्बु, मचिन्द्र नेम्बाङ लिम्बु, नगेन्द्र लिङ्दम लिम्बु, दिपेन सेनेहाङ लिम्बु र राधा तुम्बापो लिम्बु पनि निर्विरोध निर्वाचित भएका छन् ।

सोही अधिवेशनबाटै प्रमुख सल्लाहकारमा किरात याक्थुङ चुम्लुङ कतारका निवर्तमान अध्यक्ष राजेन्द्र साम्याङखाम लिम्बु, विशेष सल्लाहकारहरुमा गणेश थक्लुङ लिम्बु, केवल पाहिम लिम्बु, डम्बर लिवाङ लिम्बु र बिजय लक्सम लिम्बु चयन हुनुभएको छ भने सल्लाहकारहरुमा तिलविक्रम थेबे लिम्बु, खडक वनेम लिम्बु, संजिब पतङवा लिम्बु, संजय आङ्देम्बे लिम्बु, डम्बर खजुम लिम्बु र मंगलसिंङ वनेम लिम्बु रहनुभएको छ ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु



अर्जुन मादेन लिम्बु पहिलो प्रहरका Executive Editor हुन्