
नेकपा एमाले भरतपुर-११ को अध्यक्षमा प्रकाश आचार्य सर्वसम्मत
चितवन,कार्तिक ६-
भरतपुर महानगरपालिकाको सबैभन्दा ठूलो वडा भरतपुर ११ नेकपा एमालेको वडा अध्यक्षमा प्रकाश आचार्य सर्वसम्मत चयन हुनुभएको छ । आज सम्पन्न वडा अधिवेशनले आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । आचार्य दोस्रो कार्यकाल अध्यक्ष बन्नुभएको हो ।
कमिटीको उपाध्यक्षमा लालमाया लामा,सचिवमा इश्वरी पण्डित,उपसचिवमा गणेश लामिछाने र गोकर्ण कार्की चयन हुनुभएको छ । अधिवेशनले ५१ सदस्सीय नयाँ कमिटी चयन गरेको हो ।
फेसबुक प्रतिक्रियाहरु
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


