कैलालीमा ७ जना फरार प्रतिवादी पक्राउ

१८ असोज, धनगढी । कैलाली प्रहरीले विभिन्‍न मुद्दामा अदालतले सजाय सुनाएका ७ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ।

कैलालीका विभिन्न स्थानबाट आइतबार जबरजस्तीकरणी, लागुऔषध र वन मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक(एसपी) विश्व अधिकारीले जानकारी दिए।

पक्राउ पर्नेमा जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त कैलारी गाउँपालिका-१ का बिनोद चौधरी र बर्दगोरिया गाउँपालिका-६ का अशोक चौधरी रहेका छन्।

जिल्ला अदालतले तीन वर्ष ११ महिना ५ दिन कैद सजाय तोकेका चौधरी २०७५ को भदौँदेखि र तीन वर्ष कैद सजाय तोकिएका अशोक २०७२ सालदेखि फरार रहेका प्रहरी उपरीक्षक अधिकारीले बताए ।

लागुऔषध मुद्दामा २०६६ सालमा पाँच सय रुपैयाँ जरिवाना भएर फरार धनगढी उपमहानगरपालिका–१ सत्रुजीत जोशी, वन मुद्दाका फरार प्रतिवादी धनगढी उपमहानगरपालिका–१७ का अमन चौधरी, कृष्ण राना, अभिषेक चौधरी र बब्लु राना छन्।

पक्राउ परेका सबै प्रतिवादीहरुलाई जिल्ला अदालत कैलालीमा बुझाइएको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु