प्रधान सम्पादक लामा मोटरसाईकल दुर्घटनामा परी घाईते

पुनर्वास
सुदुरपश्चिमको अस्थायी राजधानी धनगढीबाट प्रकाशन हुँदै आएको हेल्लो पुनर्वास दैनिक पत्रीकाका प्रधान सम्पादक रन्जित लामा मोटरसाइकल दुर्घटनामा परि घाईते भएका छन् ।

बिहिवार राती पौने १० बजे सिमरी नजिकै आफ्नै कर्मचारीको घरमा जाने क्रममा पुनर्वास-५, भुटनदेवी मन्दिर नजिकै, टिसिएन चोकमा मोटरसाईकल दुर्घटनामा परि प्रधान सम्पादक लामा घाईते भएका हुन्  ।

बाटोमा एक्कासी कुकुरले बाटो काट्न खोज्दा उनले चलाएको से.७ प. २२९४ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ पल्टिदा प्रधान सम्पादक लामाको खुट्टा र हातमा गहिरो चोट लागेको छ ।
Sagoon Host
चोट लागेका लामाको पुनर्वास पोलिक्लिनिक प्रा.लि. आई.बी.आर.डी.मा उपचार भइरहेको छ ।
फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु