
गण्डकी इङ्लिस बोर्डिङ् स्कुलले विद्यार्थी आकर्षण गर्न नृत्य
३ गुल्मी । विद्यालयमा विद्यार्थीहरुलाई सिकाइ सहजीकरण गर्ने माध्यमहरु धेरै छन् । तर, गुल्मी सदरमुकाम तम्घासस्थित गण्डकी इङ्लिस बोर्डिङ् स्कुलले विद्यार्थीलाई नृत्यमार्फत आकर्षित गर्ने गरेको देखिन्छ ।
नृत्यमार्फत विद्यार्थीलाई पढाइप्रति आकर्षण गर्दा पढाइमा राम्रो प्रभावशाली परेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ठाकुरप्रसाद पाण्डेले बताउनु भयाे । विद्यालयले यो शैलीलाई निरन्तरता दिने उँहाले बताउनु भयाे ।
अभिभावकहरुले पनि नृत्यमार्फत विद्यार्थीको पढाइमा आकर्षण बढेको बताउनु भएकाे छ ।
विद्यालयले हरेक दिन २५ मिनेटसम्म विद्यार्थीलाई नृत्य तथा अन्य क्रियाकलाप सिकाउने गरेका छाैँ ।
यो विद्यालयले कक्षा आठमा २०६२ साल देखि ०७१ सम्म जिल्ला प्रथम भएको स्कुल हाे । त्यस्तै २०७३ सालमा कक्षा दशमा गूल्मी जिल्ला दोस्रो हुन सफल भएको थियो ।
याे विद्यालयले विद्यार्थीहरुलाई विभिन्न समयमा योगा कक्षासमेत संचालन गरेको छ ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]



