प्रणवको पुस्तकमा दावी : नेपाललाई भारतमा गाभ्‍ने त्रिभुवनको प्रस्ताव नेहरूले अस्वीकार गरेका थिए

प्रणब मुखर्जी

 

एजेन्सी

भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीको नयाँ पुस्तक ‘द प्रेसिडेन्सियल इयर्स’ मा नेपालका तत्कालिन राजा त्रिभुवन वीर विक्रम शाहले नेपाललाई भारतमा गाभ्न प्रस्ताव गरेको दाबी गरिएको छ।

यद्यपी उक्त प्रस्ताव भारतका तत्कालिन प्रधानमन्त्री जवाहरलाल नेहरुले अस्वीकार गरेको पुस्तकमा उल्लेख गरिएको छ।

पुस्तकका अनुसार राणा शासनको अन्त्यसँगै राजा त्रिभुवनले नेपाललाई भारतसँग गाभ्ने र नेपाल भन्ने भारतीय प्रान्त खडा गर्न प्रस्ताव गरेका थिए।

पुस्तकको ११ औं अध्यायमा ‘प्राइम मिनिस्टरः डिफरेन्ट स्टाइल्स्, डिफरेन्ट टेम्परामेन्टस’ शिर्षकमा मुखर्जी लेख्छन्,‘नेहरुको स्थानमा इन्दिरा गान्धी प्रधानमन्त्री भएको भए नेपाल भारतमा विलय भइसकेको हुन्थ्यो। उनले नेपाललाई सिक्किम जस्तो बनाउने थिइन्।’

पुस्तकका अनुसार नेहरुले नेपाल एक स्वतन्त्र राष्ट्र भएको र नेपाल सँधै सार्वभौम हुनुपर्ने सुझाव दिएका थिए।

Sagoon Host

गतवर्ष मात्र मुखर्जीको ८४ वर्षको उमेरमा निधन भएको थियो। मंगलबार मात्र उनको पुस्तक सार्वजनिक भएको हो।

१३ औं राष्ट्रपति मुखर्जीले सन् २०१२ देखि २०१७ सम्म राष्ट्रपतीको भूमिका निर्वाह गरेका थिए। (नवभारत टाइम्स)

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु