एक जिल्लाबाट अर्को जिल्लामा जाने व्यक्ति अनिवार्य रुपमा आफ्नै खर्चमा १४ दिन क्वारेन्टिनमा बस्नु पर्ने

२५ भदौ, काठमाडौं ।

विदेशबाट आउने वा एक जिल्लाबाट अर्को जिल्लामा जाने व्यक्ति अनिवार्य रुपमा आफ्नै खर्चमा १४ दिन क्वारेन्टिनमा बस्नु पर्ने नयाँ व्यवस्था स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार विदेशबाट आउने वा एक जिल्लाबाट अर्को जिल्लामा जाने व्यक्ति आफ्नै घर अथवा आफ्नै खर्चमा १४ दिन अनिवार्य क्वारेन्टिनमा बस्नु पर्ने छ । उक्त अवधिमा कुनै पनि लक्षण नदेखिएमा व्यक्तिले पीसीआर परीक्षण गर्नु नपर्ने व्यवस्थाका गरिएको प्रवक्ता गौतमले बताउनुभयो ।

पीसीआर परीक्षणका लागि नमुना संकलन गरेको ७२ घण्टाभित्र रिपोर्ट नेगेटिभ आएकालाई मात्र नेपाल आउन अनुमति दिइने व्यवस्था गरिएको उहाँले बताउनुभयो । कोरोना संक्रमण बढ्दै गएको र पीसीआर परीक्षण महँगो पर्ने भएकाले १४ दिन अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने नियम बनाईएको उहाँको भनाइ थियो ।

 

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु