प्रधानमन्त्री ओली पक्षका सांसदहरुको बैठक बालुवाटारमा जारी

६ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली निकट नेकपाका सांसदहरुको बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा पूर्वमाओवादीबाट मन्त्री बनेकाहरु पनि  सामेल भएका छन् ।

उद्योगमन्त्री लेखराज भट्ट समेत सहभागी छन् भने गृहमन्त्री रामबहादुर थापा (बादल)  बालुवाटारको बैठकमा सहभागी छैनन् ।

संसद विघटन गरी आगामी बैशाखमा मध्यावधि निर्वाचन गर्ने निर्णयबारे ओलीले सांसदहरुलाई ब्रिफिङ गर्ने बताइएको छ ।

आजै प्रचण्ड–माधव नेपाल पक्षले पनि सांसदहरुको अलग्गै बैठक बोलाएका छन् ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु