
विष्णुप्रसाद पाैडेललाई जन्मदिनकाे शुभकामना दिंदै पार्टी सचिवालयकाे बैठक शुरू
काठमाडौं -नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा महासचिव विष्णु पौडेलको ६२ औं जन्मदिन मनाइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठकअघि पौडेलको जन्मदिनको अवसरमा केक काटिएको थियो ।
ने क पा महासचिव विष्णुप्रसाद पाैडेललाई जन्मदिनकाे शुभकामना दिंदै पार्टी सचिवालयकाे बैठक शुरू भएको उल्लेख गर्दै जन्मदिनको फोटो सहित प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आफ्नो फेसबूकमा शेयर गर्दै लेखेका छन –
महासचिव कमरेड विष्णुप्रसाद पाैडेललाई जन्मदिनकाे शुभकामना दिंदै पार्टी सचिवालयकाे बैठक शुरूभएकाे छ ।
प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल”प्रचण्ड”, उपप्रधानमन्त्री ईश्वर पाेखरेलका साथै वरिष्ठ नेता कमरेडहरूले केक खुवाएर महासचिवलाई जन्मदिनकाे बधाई तथा स्वस्थ जीवनकाे शुभकामना व्यक्त गर्नुभएको छ ।
उक्त अवसरमा पार्टी उपध्यक्ष वामदेव गाैतमले १०० बर्ष बाँच्नुहाेस् र राम्राे काम गरेर जानुहाेला भन्दै शब्दमा शुभकामना दिनुभएको छ ।
६२ बर्षमा प्रवेश गर्नुभएका महासचिव कमरेडलाई हाम्राे पनि हार्दिक बधाई तथा सफल र स्वस्थ जीवनकाे शुभकामना ।




[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]