
पूर्वी चितवनका विभिन्न खाेलामा बाढी, सयाैँ घर डुबानमा
चितवन,असार १७ लगातारको बर्षासंगै पूर्वी चितवनका खोलामा बाढी आएको छ । राप्ती,खैरहनी र रत्ननगर नगरपालिकाका विभिन्न क्षेत्रमा सयौं घर डुबानमा परेका छन । पूर्वपश्चिम राजमार्ग अबरुद्ध बनेको छ भने सडक माथिबाट पानी बगिरहेको छ ।

चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले आफुहरु स्थलगत अवलोकनमा रहेको भन्दै सयौं घर डुबानमा परेको बताए । अहिलेसम्म मानविय क्षति भने भएको छैन । उनले पानी पर्ने क्रम नरोकिए थप क्षेति हुनसक्ने भन्दै सर्तक रहन जिल्लाबासीलाई आब्हान गरेका छन ।


फेसबुक प्रतिक्रियाहरु
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]



