
नाग्म बजारकाे पहिरोमा ११ जना पुरिए, १ को मृत्यु (अपडेट)
कालिकोट, १४ भदाै । तिलागुफा नगरपालिका वडा नं. १ मा पहिरो जाँदा ११ जना हराएका छन् । नाग्म बजारमा शनिबार राती पहिरो जाँदा एक जनाको घटना स्थलमा नै मृत्यु भएको छ ।
पहिरोमा पुरिएर शुभकालीका गाउँपालिका ५ वर्ष ५ का निराजन शाहीको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी लोकनाथ तिमिलसेनाले बताउनु भयो ।
पहिरोमा पुरिएका तिलागुफा नगरपालिका- ३ का ११ वर्षीय अर्जुन हमाललाई जिवितै उद्दार गरी थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला लगिएको छ । पहिरोमा परेकी हिमागाउँपालिकाकी ३५ वर्षिया पन्ना शाहीको पनि जिवितै उद्धार गरिएको छ ।
source:-News24nepal.tv
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]