डा मावोको डोलीभर्ना विमल कृति पुरस्कारको उत्कृष्ठ दसमा

काठमाडौं । डा. चित्र मावोको कथासंग्रह डोलीभर्ना विमल गुरुङ कृति पुरस्कार २०८२ का लागि उत्कृष्ठ १० कृतिभित्र पर्न सफल भएको छ ।

धरानस्थित कवि विमल गुरुङ स्मृति पुस्तकालयले हरेक वर्ष प्रदान गर्ने सो पुरस्कारका लागि सार्वजानिक गरेको उत्कृष्ठ दस कृतिहरुको सुचिमा डा मावोको डोलीभर्नासंगै डायस्पोराः अवधारणा र अभ्यास(रक्ष राई), रातो नदी(जुनु राना), सिमसारा(बसन्त बस्नेत), काँचको पोखरी(टीका भाइ), नाति पुस्ताको खेल(कृष्ण बराल), मोहोर(सागर गैरे), जब कविता निस्कन्छ जुलुसमा(सुरज राना), कोइलाखाद(श्याम सिंघक) र ‘गण्डकी प्रदेशका गुरुङ जातिका सामाजिक सांस्कृतिक लोकनाच र लोकबाजाको अध्ययन(तेज बहादुर गुरुङ) रहेका छन् ।
१ सय ४ वटा कृतिहरुबाट छानिएका यी उत्कृष्ठ कृतिहरुमध्ये एकलाई आगामी कार्तिक १९ गते स्वर्गीय कवि विमल गुरुङको जन्मजयन्तीको अवसर पारेर ताम्रपत्रसहित नगद २ लाख राशीको विमल गुरुङ कृति पुरस्कार २०८२ प्रदान गरिने पुस्तकालयका अध्यक्ष पुर्णबहादुर गुरुङले जानकारी दिनुभएको छ । पुस्तकालयले ३४ औ राष्ट्रिय कविता महोत्सव २०८२ का लागि छनौट भएका उत्कृष्ठ १० कविताहरुको सुचि समेत सार्वजानिक गरेको छ ।

सांग्रीला बुक्सद्धारा प्रकाशित डा. चित्र मावोको पहिलो कथाकृति डोलीभर्नामा पुर्वी पहाडको जनजीवन, आदिवासी लिम्बू समुदायको संस्कार, संस्कृतिसंगै सामाजिक तथा सांस्कृतिक सद्भाव र समसामयिक विषयहरुमा केन्द्रित कथाहरु संग्रहित छन् । यसै कृतिमा आधारित नाटक समेत राजधानीको सिल्पी नाटकघरमा मंचन भइसकेको छ ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु



अर्जुन मादेन लिम्बु पहिलो प्रहरका Executive Editor हुन्