
पुनर्वास नगरपालिकाको नवौं नगर सभाद्रारा सँगसँगै अभियान सम्मानित
कञ्चनपुर १० असार – कञ्चनपुर जिल्लाको दक्षिणी भेगमा पर्ने पुनर्वास नगरपालिकाको नवौं नगर सभाद्धारा सँगसँगै अभियान सम्मानित भएको हो।
कोरोना महामारीको दोश्रो लहर फैलिए देखि निरन्तर रुपमा नगरपालिकासँग समन्वय गरी कोभिड व्यवस्थापनमा खटिएर कोरोना रोकथाम तथा नियन्त्रणमा अतुलनीय भूमिका निर्वाह गर्दै आएको बन्दै बिहीबार आयोजित नगर सभाले अभियानलाई सम्मान गरेको हो।

अभियानले जिल्लाको क्षेत्र नं १ अन्तर्गत पर्ने पुनर्वास नगरपालिका, बेलौरी नगरपालिका, लालझाडी गाउँपालिका र बेलडाँडी गाउँपालिका गरी चार स्थानीय तहमा कोभिड व्यवस्थापनको लागि अभियान चलाएको थियो।

उक्त अभियानले चारै वटा पालिकालाई विभिन्न स्वास्थ्य सामाग्री उपलब्ध गराउनुका साथै बेलौरी र पुनर्वासका लागि नेपालगन्जबाट अक्सिजन भरेर उपलब्ध गराउने, पुनर्वासको अस्थाई काेभिड अस्पतालमा रहेका काेभिड संक्रमित विरामीलाई खाना खुवाउने, कोरोना सम्बन्धी रेडियोमा जानकारीमूलक सूचना प्रसारण गर्ने, सामाजिक सञ्जालमा पर्चा-पम्प्लेट र पिएससेको माध्यमबाट सचेतना फैलाउने,विभिन्न संघसंस्थासँग सहकार्य गरेर काेभिड संक्रमित विरामीको घर घरमा गएर स्वास्थ्य तथा पौष्टिक आहार उपलब्ध गराउने लगायतका कार्य गर्दै आएको हो।


छ जना आवद्ध रहेको उक्त अभियानको संयोजक सञ्चारकर्मी बेलारीका लक्ष्मी श्रेष्ठ र सदस्यहरुमा बेलौरीका मीरा श्रेष्ठ, अनुपमा महतरा, पुनर्वासका हिमेश थापा, पत्रकार रुपेश विक र बेलडाँडी गाउँपालिकाका भूपेन्द्र रावत रहेका छन।

[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]



