
उद्घाटन खेलमा नेपथ्य ज्ञानोदयको विजयी सुरुवाती
१८ चैत, बुटवल। तिलोत्तमा प्रिमियर लिग क्रिकेट प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ ।
तिलोत्तमा क्रिकेट विकास समितिको आयोजनामा नवजीवन क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा नेपथ्य ज्ञानोदय गोल्डस्ले विजयी सुरुवाती गरेको छ ।
ज्ञानोदयले भैरहवा ११ माथि १७ रनको जित निकालेको हो ।
टस जितेर ब्याटिङमा उत्रेको ज्ञानोदयका ब्याटसम्यानहरुले १९.६ ओभर खेल्दै १२५ रन बनाएको थियो ।
मध्यम लक्ष्य पछ्याएको भैरहवा ११ का ब्याट्सम्यानहरु १७.५ ओभरमा १0८ रनमा अलआउट भएका थिए ।
खेलमा ज्ञानोदयका जितेन्द्र यादव म्यान अफ द म्याच भए ।
त्यस्तै दोस्रो खेलमा जेवी वारियर्सले एकोन च्यालेन्जलाई ५७ रनले हराएको छ ।
पहिले व्याटिङ रोजेको जेवी वारियर्सले १३८ रनको लक्ष्य दिएकोमा एकोन १९ ओभरमा केवल ८० रनमा अल आउट भयो । खेलमा जेवी वारियर्सका वसिर अहमद म्यान अफ द म्याच भए ।

लिगमा लुम्बिनी प्रदेशका ८ वटा क्लबहरु सहभागी छन् । प्रतियोगिताको उपाधि विजेताले नगद ४ लाख रुपैयाँ तथा उपविजेताले २ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
यस्तै म्यान अफ द सिरिजलाई २० हजार, उत्कृष्ट ब्याट्सम्यान र बलरलाई जनही १० हजार रुपैयाँ, इमर्जिङ प्लेयरलाई ५ हजार रुपैयाँ तथा टिम फेयर प्ले अवार्ड नगद ४० हजार रुपैया प्रदान गरिने छ ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]