करेन्ट लागेर एकै परिवारका चार जना गम्भीर घाइते

सप्तरी, कात्तिक ४-
सप्तरीमा आज बिहान करेन्ट लाग्दा एकै परिवारका चार जना घाइते भएका छन् ।

सदरमुकाम राजविराज नगरपालिका वडा नम्बर ६ का ४० वर्षीय शिव नारायण साहलाई होडिङ बोर्ड हटाउने क्रममा करेन्ट लागेको हो ।

त्यस्तै साहलाई करेन्ट लागेपछि छुटाउन जाँदा उनकी ३५ वर्षीया पत्नी संतोसी साह, ३८ वर्षीया भाउजु राजकुमारी साह र भतिजो १८ वर्षीय रक्षित साहलाई करेन्ट लागेको पारिवारिक स्रोतले जनाएको छ ।

घरको छतमा झुण्डिएको होडिङ बोर्ड हावाले झरेर नजिकै ११ हजार भोल्टको विद्युतीय तारमा ठोक्किएको र उक्त होडिङ बोर्ड हटाउने क्रममा साहालाई करेन्ट लागेको थियो ।

हाल उनीहरु सबैको गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजमा उपचार भइरहेको छ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु