एकताको १० औ बार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । एकता होटल तथा गेष्ट हाउस व्यवसायी संघ नेपालको १० औ बार्षिक साधारण सभा गत शनिबार काठमाडौ, बत्तिसपुलतीस्थित अनुमप फुडल्याण्डमा सम्पन्न भएको छ ।


संघका अध्यक्ष ऋषिकुमार चौलागाईको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथिमा नेपाल सरकार, पर्यटन विभागका महानिर्देशक होमनाथ लुईटेल र विशेष अतिथिमा होटल संघ नेपालका साजन शाक्य हुनुहन्थ्यो । कार्यक्रमलाई सम्वोधन गर्दै महानिर्देशक लुईटेलले होटल तथा गेष्ट हाउस व्यवसायीहरुका समस्याहरुलाई लिएर छलफल गरि उपयुक्त निष्कर्षमा पुग्न सरकार तयार रहेकोे बताउनु भयो । साथै नयां पर्यटन मन्त्रीमा जीवनराम श्रेष्ठको नियुक्तिसंगै होटल तथा गेष्ट हाउस व्यवसायीहरुको मागहरुलाई पनि समेटर सरकारले नयां कार्ययोजना ल्याउन लागेको समेत जानकारी दिनुभयो ।
कार्यक्रमका विशेष अतिथि शाक्यले भने होटलहरुको संख्या उल्लेख्य रुपमा बढेको तर पर्यटकहरुको आगमनमा सोही अनुरुप बृद्धि नहुदा व्यवसायीहरु समस्यामा परेको बताउदैे सरकारको यसतर्फ तुरुन्त ध्यान जान आवश्यक रहेको बताउनुभयो ।


आयोजकका तर्फबाट मन्तव्य व्यक्त गर्दै संघका प्रथम उपाध्यक्ष सुरेश बरालले विदेशबाट नेपाल हेर्न, घुम्न आउने पर्यटकहरु र रोजगारीका लागि बिदेशिएका नेपालीहरुकै कारण देशको अर्थतन्त्रमा महत्वपूर्ण टेवा पुगे पनि उनिहरुमाथि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुने व्यवहार उचित नभएको र यसतर्फ राज्यले तुरुन्त कदम चाल्नुपर्नेमा जोड दिनुभयो ।


कार्यक्रमका सभापति संघका वर्तमान अध्यक्ष चौलागाईले उत्कृष्ट ठहरिएका ३ होटल व्यवसायीहरुलाई यसपाली सम्मान गरिएको र भविष्यमा पनि यसले निरन्तरता पाउने बताउनुभयो ।
एकता नै बल हो भन्ने मुलमन्त्रका साथ आज भन्दा १० बर्ष अघि काठमाडौ महानगरपालिका वडा नं. ७,८,९,३२ र अन्य क्षेत्रमा रहेर होटल तथा गेष्ट हाऊस व्यवसाय गरिरहेका व्यवसायीहरुले एकता होटल तथा गेष्टहाउस व्यवसायी संघ नेपाल गठन गरेका थिए । संघको १० औं साधारण सभाको उपलक्ष्यमा आयोजित उक्त कार्यक्रममै संस्थालाई वतमान समयसम्म ल्याईपुर्याउन महत्वपुर्ण योगदान गर्ने पूर्व पदाधिकारी, सल्लाहकारहरुका साथै उत्कृष्ट ३ व्यवसायीहरुलाई सम्मान पनि गरिएको थियो ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु



अर्जुन मादेन लिम्बु पहिलो प्रहरका Executive Editor हुन्